भेनेजुएला संकटप्रति विश्व समुदायको कर्तव्य

विश्वमै स्थापित तेल भण्डारगृह रहेको भनेजुएला कुनै समय ल्याटिन अमेरिकाकै सबैभन्दा समृद्ध मुलुकका रूपमा ठहरिन्थ्यो । भेनेजुएला आफैँमा प्रजातन्त्रको एउटा चम्किलो उदाहरण नभए पनि मजबुत संस्थाहरू निर्माण गर्न उसले महत्वपूर्ण कदम भने चालेको थियो ।

सन् १९९९ मा सेनाका तत्कालीन ट्यांक कमान्डर ह्युगो चाभेज भेनेजुएलाको शक्तिमा उदाएका थिए । र, सन् २०१३ मा आफ्नो मृत्युअघि चाभेजले आफ्नै ‘प्रतिरूप’ तर, निकै दुखित, रक्तपिपासु निकोलस मदुरोलाई उत्तराधिकारी घोषणा गरे । जसले फर्जी निर्वाचनमार्फत राष्ट्रपतिको पदभार ग्रहण गर्दै अहिलेसम्म देशको बागडोर आफ्नो हातमा लिएका छन् । अक्षमता र मुर्खताको मिश्रणले राजनीतिक प्रणाली, अर्थतन्त्र र सम्पूर्ण समाज ध्वस्त बनाइरहेका वेला भेनेजुएलाले कुनै वेला देखेको सपना अहिले दिवा सपनामा रूपान्तरण हुँदै छ ।

क्युबाप्रतिसमेत ऋणी साबित भएको बोलिभियाली कुलीनतन्त्रको आदर्शप्रति अहिले भनेजुएला विभाजित छ । तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले नेतृत्व गरेको बोलिभियाली क्रान्ति र राजनीतिक प्रणालीप्रति त्यहाँका नागरिकले विश्वास गर्न छाडेका छन् । राष्ट्रिय तेल कम्पनीबाट प्राप्त रकम सीमित उद्योग व्यवसायी र आफ्ना विश्वासिलो पात्रलाई वितरण गर्दै ‘मूल्यहीन मुक्तिदाता’ मदुरोले यसअघिका सरकार प्रमुख तथा अग्रजले सोच–विचार नै नगरी व्यवस्था गरेको अस्पष्ट ढुकुटी स्वाह पार्दै छन् ।

ण् निर्वासनमा जंगल पठाइएका चाभेजवादविरोधी केही नेताहरूले मदुरोको सम्बन्ध उत्तर कोरिया, सिरियाली तानाशाह बसार अल असद र स्वतन्त्र लडाकु समूह हेजबुल्लाहसँग रहेको आरोप लगाएका छन् ।
ण् भेनेजुएली सरकारविरुद्ध स्पष्ट रूपमा अवहेलनाको प्रस्ताव घोषणा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले साहस जुटाउनु आवश्यक छ ।
ण् क्युबाप्रतिसमेत ऋणी साबित भएको बोलिभियाली कुलीनतन्त्रको आदर्शप्रति अहिले भेनेजुएला विभाजित छ । तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले नेतृत्व गरेको बोलिभियाली क्रान्ति र राजनीतिक प्रणालीप्रति त्यहाँका नागरिकले विश्वास गर्न छाडेका छन् ।

ण् भेनेजुएलाको अवस्थाप्रति त्यस्ता सबै देशहरूले चासो देखाउनुपर्छ जसले आतंकवाद र कालो धनलाई वैध बनाउने सञ्जालविरुद्ध लड्ने वाचा गरिरहेका छन् ।

अदूरदर्शिता र असक्षमताका कारण मदुरोको शासनकालमा भनेजुएला निरन्तर अधोगतिमा लागेको छ । कुनै वेला समृद्ध मुलुकको बिल्ला पाएको भेनेजुएला अहिले गरिबीको दिशातर्फ अगाडि बढेका मुलुकको सूचीको अग्रपंक्तिमा दर्ज भएको छ । भनेजुएलाको मुद्रास्फीतिदर यति बढेको छ कि उसले जिम्माबे र जर्मनको विमर सहरलाई उछिन्ने अवस्था छ । प्रचुर प्राकृतिक स्रोत साधनका कारण कुनै वेला भेनेजुएलाले सुन र तेलयुक्त पौराणिक भूमि कोकाइजिन र डोराडो ९धन र अवसरले भरिपूर्ण १६औँ शताब्दीको दक्षिण अमेरिकाको काल्पनिक भूमि जहाँ बस्न मानिसले जस्तोसुकै मूल्य चुकाउँथे० स्मरण गराउथ्यो ।

तर, राष्ट्रपति मदुरोले स्रोत, साधन र राष्ट्रिय ढुकुटी रित्याएसँगै भेनेजुएलाले ठूलो मूल्य चुकाएको छ । सरकार र विपक्षीबीचको चर्को द्वन्द्व र हिंसाका कारण देश गृहयुद्धको किनारामा पुगेको छ । पाँच साता लामो सरकारविरोधी प्रदर्शनमा १२४ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । विपक्षी नेता र कार्यकर्तामाथि विभिन्न अभियोग लगाइएको छ, अपहरण गरिएको छ, कारागार चलान गरिएको छ र प्रहरीचौकी तथा कैदमा चरम यातना दिइएको छ । र, प्रदर्शनकारीको घाउमा नुनचुक दल्दै संविधान सभारूपी चुनावको प्रहसन सम्पन्न गरिएको छ, जसले देशका कमजोर संस्थाहरूलाई भत्काउन मदुरोलाई थप शक्ति दिने निश्चितजस्तै छ ।

भेनेजुएलाको दुर्घटनाले मेरो दिमागमा दुईवटा प्रश्न उब्जाएको छ । पहिलो फ्रान्सेली दृष्टिकोणलाई प्रतिबिम्ब गर्छ, तथापि अन्य पश्चिमेली मुलुकहरूमा पनि उत्तिकै सान्दर्भिक छ । फ्रान्समा यसै वर्ष भएको राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार तथा त्यहाँका विपक्षी ला फ्रान्स इनसोमाइज ९विद्रोही फ्रान्स०का नेता जिन लुस मिलेन्चोनले कहिलेसम्म भनेजुएलाको हत्यारा शासनको प्रशंसा गर्लान् रु राष्ट्रपति मदुरोका सुरक्षा फौजले निम्त्याएको रक्तपात केही वर्षअघि चिली र अर्जेन्टिनाका तानाशाही शासकले छर्केको अतिवादको बिजभन्दा फरक देखिँदैन । भेनेजुएलाको पाशविक शासक कुनै पनि व्यक्तिका लागि उत्प्रेरणाको स्रोत होइन भनेर स्वीकार्न मिलेन्चोनलाई अझै कति समय लाग्ला रु के मिलेन्चोनको राष्ट्रपति निर्वाचन अभियान स्पेनी नेता काउडिलोस, क्युबाका तत्कालीन नेता फिडेल क्यास्ट्रो र ह्युगो चाभेजका उत्तराधिकारीहरूलाई थप प्रफुल्ल पार्दै बोलिभियाली गठबन्धनमा प्रवेश गर्नकै लागि थियो रु के उनको विचार वास्तवमै सुन्दर थियो रु

तत्कालका लागि कुनै पनि विषयले मिलेन्चोनको दिमाग परिवर्तन नगर्ने देखिन्छ । स्पेनका पोडेमोस, ग्रिसका सिरिजा, बेलायतका जर्मी कोरबाइनजस्तै फ्रान्सका मिलेन्चोन र उनका प्रशंसकहरू सम्राज्यवादविरुद्धको संघर्षमा रक्तपातपूर्ण हातलाई छुट दिन सकिन्छ भन्ने मानसिकताबाट ग्रसित छन् । खराब अवस्था त त्यतिवेला आउन सक्छ जतिवेला उनीहरूले पीडितलाई दोष लगाउँछन् र सत्य सूचना तिरस्कार गर्छन् । उदाहरणका लागि मिलेन्चोनको पार्टीका कुटिल प्रवक्ता डिजोरडिकुज मानोभाइस भेनेजुएलाका प्रदर्शनकारीलाई चिलीको पुट्सचिट्सँग तुलना गरेका छन्, जसले सन् १९७३ मा अगस्टो पिनोचेटलाई शक्ति हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, फ्रान्सको नेसनल एसेम्ब्लीमा नवनिर्वाचित दक्षिणपन्थी सदस्य एलेक्सी कोरबाइरले प्रजातन्त्र र विधिको शासनका पक्षमा ज्यान आहुति गर्ने भेनेजुएलीलाई कायरतापूर्ण अपमान गर्दै आफ्नो लाज ढाक्ने प्रयास गरेका छन् । प्रदर्शनकारीहरू छिमेकी गाउँबाट भाडामा ल्याइएका व्यक्ति भएको र उनीहरूमाथिको दमन उचित भएको कोरबाइरको आशय छ । कहिलेकाहीँ सरकारले विपक्षीमाथि गरेको अशिष्ट आक्रमणप्रति उनले बेवास्ता गरेका छन् । तर, मिलेन्चोन र उनका सहकर्मीहरूको अभिव्यक्ति फ्रान्समा विपक्षी राजनीतिक दलहरूका रूपमा आफूलाई चिनाउन चाहने कुनै पनि पार्टीका लागि शोभनीय होइन ।

दोस्रो गुनासो अन्तर्राष्ट्रिय समुदायप्रति पनि लक्षित छ, जसले भनेजुएयलाको हिंसामा मौनता साँधेको छ । भेनेजुएलाको दुर्दशामा अन्तर्राष्ट्रिय समुदायले चासो देखाउनुपर्छ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले मदुरो नेतृत्वको सरकारलाई कडा सन्देश दिएर विद्यमान संकट समाधानको उपाय निकाल्नुपर्छ । त्यसका लागि भेनेजुएली सरकारविरुद्ध स्पष्ट रूपमा अवहेलनाको प्रस्ताव घोषणा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले साहस जुटाउनु आवश्यक छ ।

पेरिस, म्याड्रिड, वासिङ्टन डिसीमा अझै पनि आन्दोलन गर्ने स्वतन्त्रता पाएका भेनेजुएली विपक्षी नेताहरूलाई वृहत् रूपमा अभिनन्दन र स्वागत गर्नुपर्छ । फ्रान्सेली, अमेरिकी र स्पेनी विदेशमन्त्रीले भेनेजुएलाको विद्यानमण्डलसँग ऐक्यबद्धता व्यक्त गर्नुपर्छ, जसले संविधानसभाद्वारा मदुरोको ‘कु’ प्रयासलाई विघटनको चेतावनी दिनेछ । र, मर्कोसर ९अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे सदस्य रहेको उपक्षेत्रीय ब्लक० को निष्प्रभावी चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कमजोर सैन्यबलको धम्कीलाई कडा आर्थिक तथा व्यापारिक प्रतिबन्धले विस्थापन गर्नुपर्छ ।

भेनेजुएलाको अवस्थाप्रति त्यस्ता सबै देशहरूले चासो देखाउनुपर्छ जसले आतंकवाद र कालो धनलाई बैध बनाउने सञ्जाल ९जसले आन्दोलन दबाउन सहयोग गरेको छ० विरुद्ध लड्ने वाचा गरिरहेका छन् ।
अन्ततः चाभेज र इरानका पूर्वराष्ट्रपति महमोद अहमदिनेजादबीचको बोलिभियाली गठबन्धनले के उद्देश्य पूरा ग¥यो रु कोलम्बियाका सशस्त्र क्रान्तिकारी फौज ९फार्क०का सदस्यहरू अहिले कहाँ छन् रु मृत्युअघि फार्क नेता इभान रिओसलले मलाई भनेका थिए ‘२१औँ शताब्दीको समाजवाद स्थापना गर्ने मिसन’ का लागि फार्क लडाकुलाई युद्धमा पठाइएको थियो । तर, उनीहरूको अस्तित्व अहिले कहाँ छ रु
हालसालै, अर्को व्यवस्था नहुन्जेल वा तत्कालका लागि निर्वासनमा जंगल पठाइएका चाभेजवादविरोधी केही नेताहरूले मदुरोको सम्बन्ध उत्तर कोरिया, सिरियाली तानाशाह बसार अल असद र स्वतन्त्र लडाकु समूह हेजबुल्लाहसँग रहेको आरोप लगाएका छन् । यी दाबीलाई महŒव दिने कि नदिने रु यी सबै प्रश्नहरू सोधिनुपर्छ र जवाफ दिनुपर्छ ।

वर्नाड हेनरी लेभी नोभिस फिलोसोफर अर्थात् नयाँ दर्शनशास्त्री आन्दोलनका संस्थापकमध्येका एक हुन् । उनले लेफ्ट इन डार्क टाइम्स स् ए स्ट्यान्ड एगेन्स्ट दी न्यु बारबेरिजम, अमेरिकन भर्टिगो ः ट्राभलिङ अमेरिका इन दी फुट्स्टेप्स अफ टोक्युभाइललगायतका पुस्तक लेखेका छन् ।

नयाँ पत्रिकावाट साभार ।





error: Content is protected !!