मधेसमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दावी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई मधेसमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नयाँ शक्ति पार्टी, नेपालका नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकिशोर यादवलगायत नेताहरू पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले उक्त दावी गरेका हुन् ।
‘तराई मधेसमा अब कसैले पहिलो पार्टी बन्नबाट रोक्न सकदैन ।’ प्रचण्डको खुलासा छ, ‘केही दिनमा नै १०,२० हजार जनताको माझमा हुने कार्यक्रममा राजपालगायतका पार्टीबाट धेरै नेताहरू माओवादीमा प्रवेश गर्ने कार्यक्रम बनीसकेको छ ।’
प्रचण्डले मधेसी जनताको भावना, मर्म र पीडा बुझेर सम्वोधन गर्ने पार्टी माओवादी मात्रै भएको दाबी गरे । प्रचण्डले भने,‘माओवादी विद्रोहको बेला मधेसी जनताको मुद्दा उठाउने र शान्तिप्रक्रियामा पनि मधेसी जनताको भावना संविधानमा सम्बोधन गर्न इमानदारीताका साथ लाग्ने पार्टी माओवादी मात्रै हो ।’
अध्यक्ष प्रचण्डले भने,‘माओवादी विना मधेसी जनताप्रतिको उत्पीडन अन्त्य हुन सक्दैन, अरुबाट केही हुनेवाला छैन, साँचो अर्थमा हिमाल, पहाड र तराई जोड्ने मधेसी जनताको चाहाना र भावना बुझेर सम्बोधन गर्ने दुष्टिकोण माओवादीसँग मात्रै छ ।’, अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुको पुनर्मिलनले यही सन्देश दिएको छ ।’
अब माओवादीमा नआए वैद्य र बाबुरामसँग केही बाँकि रहन्नन्
यसैक्रममा माओवादी पार्टी छोडेर नयाँशक्ति पार्टी गठन गरेका बाबुराम भट्टाई र छुट्टै पार्टी गठन गरेका मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायतका अन्य नेताहरुलाई समेत माओवादी केन्द्रमा फर्किन प्रचण्डले आह्वान गरे ।
‘केही नेता क्रान्ति पुरा भएन भनेर अन्यत्र जानुभयो । कसैले क्रान्ति चाहिँदैन भनेर जानुभयो अब सबै माओवादी केन्द्रमा फर्किनु पर्छ । यो भयो भनी मात्रै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिन्छ ।’
प्रचण्डले भने,‘वैद्यजी, बाबुरामजी, विप्लवजी पनि आउनुहुन्छ, आउनैपर्छ । नत्र उहाँहरु नआए अब उहाँहरुसँग केही पनि बाँकी रहदैनन् । यो विज्ञान नियम हो यस विरुद्ध कोही पनि बाहिर जान सक्दैन ।’ नवप्रवेशीहरुलार्ई पार्टीमा सम्मान जनक ढंगले विना भेदभाव र इमान्दारीका साथ व्यवस्थापन गर्ने अध्यक्ष प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।
किन छाडे २०६ जना केन्द्रीय नेताले बाबुरामको साथ ?
नयाँ शक्ति पार्टी नेपालका २०६ जना केन्द्रीय परिषद सदस्यहरु संयोजक डा। बाबुराम भट्टराईको साथ छाडेका छन् । उनीहरु देवेन्द्र पौडेल नेतृत्वको ध्रुविकरण केन्द्रीय संयोजन समितिमा सामेल हुने भएका छन् । पौडेलले गत साउन २६ गते संयोजक डा। बाबुराम भट्टराईसँग विमति राख्दै १० बुँदे असहमतिका बुँदा सार्वजनिक गरेका थिए ।
उनीहरुले जननिर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्विकार गर्ने पक्षसँग पार्टी ध्रुविकरण गर्नुपर्ने लगायतका विषयहरु सार्वजनिक गरेका थिए । संघीय परिषद् सदस्य बलराम पुनको नेतृत्वमा उक्त केन्द्रीय परिषद् सदस्यहरुले पौडेललाई सहयोग गर्ने विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।
केही दिन पहिले संयोजक डा। भट्टराईले पौडेलसहितका १५ जना नेताहरुलाई पार्टीबाट निष्काशित गरिसकेका छन् । पौडेल समूह केही दिनमा माओवादी केन्द्रमा ध्रुविकृत हुन लागेको उनी निकट एक नेताले जानकारी दिए ।










