हो, पुरुषहरु पनि पीडित हुनुहुन्छ, डरलाग्दो छ तथ्याङ्क

गुल्मी,इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा गत साउनको दोस्रो साता भारतबाट घर फर्किए । घर आएको अर्को दिन नै श्रीमती बिनाले नौ महिने दुधे बालक छोडेर हिडिन् । उनी मात्र हिडिनन् बाबुरामलाई न पत्नी न सम्पती बनाइन् ।

पत्नी, एक छोरा र दुई छोरीसहितको उनको परिवार सुखी परिवार अहिले भताभुङग भएको छ । चार लाख रुपैयाँ बैङ्कबाट ल्याउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी पत्नी बिनाको अहिले सम्म अत्तोपत्तो छैन् ।

 

जसका कारण बाबुराम पीडा र पश्चातापले भावविव्हल बनेका छन् । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केही रहेन ।’ थापाले अघि थपे ‘अर्कोतिर गाउँभरी उसैको हल्ला छ ।’

त्यस्तै प्रहरीको महिला तथा बालबालिका सेलको मुद्दा फाटँमा यो आर्थिक वर्षको सुरुमै गुल्मी दरबार गाउँपालिका १ की जमुना पुन हराएको जाहेरी प¥यो ।

लामो समय श्रीमान कतार बसेर घर फर्कदा श्रीमतीसँगै एक बालक पनि हराएको भन्दै श्रीमान होम बहादुर सतुङ्गे पुनले जाहेरी दिएको सहायक निरिक्षक सत्य नारायण यादवले जानकारी दिए ।

मुसिकोट नगरपालिका ६ का एक युवा पनि तीन वर्षपछि मलेसियाबाट घर आए । घरमा आउँदा एक छोरासहित श्रीमती अर्कैसँग पोइल गएको भन्दै प्रहरीसमक्ष न्याय माग्न आए । गत वर्ष जिल्ला प्रहरी कार्यालयमा एक दर्जन पुरुषपीडित भएका उजुरी प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीमा आउने लैंङ्गिक हिंसाका उजुरी हेर्दा निवेदनको व्यहोरामा धेरैले पतिले खाना लाउन नदिएको, रक्सी सेवन गरी कुटपिट गर्ने, तथा पतिको धनपैसा लिई अर्कैसँग गएको, माइती मै बसेकोलगायतका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

निरिक्षक यादवका अनुसार, पतिको कमाई ध्वस्त बनाएर पुनः खाना लाउन नदिएको भनि मानाचामल मुद्धा दिने गरेका घटनाले पनि पुरुष दोहोरो पीडामा छन् । पुरुष पीडितहरुको निवेदनमा पति विदेश, पत्नी बालबच्चा पढाउने वा सीप सिक्न सहर पस्ने र परपुरुषसँग मिलेर पतिको कमाईको चरम दुरुपयोग गर्ने, पति बिदेशबाट घरमा आउने समयमा घर छोडेर हिड्नेलगायतका समस्या छन् ।

अन्तिममा सम्पति माग्दा महिलाहरुले सम्बन्ध विच्छेद माग्ने अवस्थासमेत रहेको यादवले बताए । उनले भने, ‘कस्तो अचम्म रु घरको सबै जिम्मा दिएर श्रीमान बिदेश पुग्छ, सबै सम्पत्ति पनि उसैको नाममा हुन्छ । फर्कदा न सम्पति न श्रीमती ।’ यो आर्थिक वर्षको पहिलो महिनामै आठ÷दश वटा पुरुषपीडित भएका उजुरी आइसकेको उनले बताए ।

लैंङ्गिक हिंसाका घटनामा कमी

गुल्मीमा लैंङ्गिक हिंसाका घटनामा कमी आएको छ । गत आर्थिक वर्ष २०७२, ०७३ भन्दा आर्थिक वर्ष २०७३, ०७४ मा लैंङ्गिक हिंसाका घटनामा कमी आएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार, २०७२, ०७३ मा एक सय ३४ घटना प्रहरीकोमा आएका थिए । भने आर्थिक वर्ष २०७३, ०७४ मा ९५ वटा घटना प्रहरीको महिला तथा बालबालिका सेलमा रेर्कड भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
हिंसाका घटनामध्ये २०७२, ०७३ मा एक सय २१ घटना मिलापत्र भएका छन् । जसमध्ये बाँकी ११ वटा अदालत गएका छन् भने दुई जना विपक्षी फरार र निवेदकले वास्ता नगरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्गमा छ ।

 

गत आर्थिक वर्ष २०७३, ०७४ मा ५१ वटा घटना मिलापत्र भएका छन् । भने १८ वटा घटना अदालत गएको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । घटना मध्ये २६ वटा विपक्षी फरार र निबेदकले वास्ता नगरेको पाइएको छ ।

यो आर्थिकको वर्ष सुरुवातमै तीन वटा लैंङ्गिक हिंसाका घटना प्रहरी कहाँ आएका छन् । ती घटनाहरु दुवै पक्षको रोहवरमा मिलपत्र भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धा शाखाका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

 





error: Content is protected !!