होलिया र खटनपुरमा राहत र निशुल्क स्वास्थ सिबिर

वाँके । काठमाडौ बाट स्वतस्फूर्त रुपमा डाक्टर विशाल बेल्बासे बाके का बाढी पिडितहरु बिरामीको उपचारका लागि आए । उनले वाढी पिडितको समाचार देखेपछि मैले केही गर्न सक्छु कि भनेर डाक्टर सिटामोल, जिबनजल, पिउस, बोकेर नेपालगन्ज पुगेको वताउछन् । फेसबुक बाट जलबायु संरक्षण अभियानका अध्यक्ष हेमन्त राज काफ्ले सङ्ग समन्वय गरेर उनी त्यहाँ आएको वताए ।
पिन नेपालगन्ज बाके का अध्यक्ष ओम नारायण शर्मा र औषधि बिक्री प्रतिनिधि संघका प्रतिनिधीले समेत सो अभियानलाई सघाएका थिए । बिबेकसिल साझा पार्टिका संयोजक चिरन जिबि शर्माले आफ्नो पार्टीको राहत कार्यक्रममा पुर्ण सहयोग हुने र सयुक्त रुपमा सघाउने भनेर राहतका लागि ३० जना जति युवा हरुको अगुवाइमा सामग्री हरु जुटाएर ३ सय ५६ परिवारलाई नै १० दिनको लागि राहात सामग्रीहरु कपडा, चामल, दाल, तेल, साबुन, मन्जन ब्रस, नुन, मछेड धुप, लाईटर, खुर्सानी , आलु , मसला र पिउस जस्ता अत्यावश्यक बस्तुहरु बितरण गरिएको उमेश शर्मा पौडेल गरिएको वताउनुभयो ।। होलियाका पिडितलाई २ लाख बराबरको औसधि लिएर सहयोग गरिएको पिन नेपालगन्जका अध्यक्ष ओम नारायण शर्माले भन्नू भयो।
यो ठाउँको अवस्था निकै दयनीय भएको र राहतका सामग्री नपुगेको र थुप्रै भाईरलका बिरामीका साथै झाडा पखालाका बिरामी पनि देखिएको समेत उहाँको भनाई छ । पछि पछुताउनु भन्दा समय भित्र सहयोग गर्न जलबायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्त राज काफ्ले ले बताउनु भयो ।










