बाढी प्रभावितको निरीक्षणका लागि नेपालगञ्ज पुगे प्रधानमन्त्री देउवा

– आकाश देबकोटा

बाँके। बाँके, बर्दिया, दाङ र कैलालीका बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागी प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्ज आइपुग्नुभएको छ ।

सिंचाई मन्त्री सन्जय कुमार गौतमसहित आउनुभएका प्रधामन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टरमार्फत बाँके बर्दिया, कैलाली र दाङ्गमा बाढीले प्रभाब पारेका क्षेत्रको निरीक्षण गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले बाँकेको फत्तेपुर, बर्दियाको गुलेरिया, बनियाभार, कैलालीको टिकापुर लगायतका क्षेत्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

नेपालगञ्ज विमानस्थलमा प्रधानमन्त्री देउवा समक्ष बाँकेका साँसदहरुले सिक्टा सिंचाईको लापरबाहीका कारण बाँकेमा बढी डुवान भएको भन्दै ध्यनार्कषण गराएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!