नेपाल पत्रकार महासंघको खुल्ला केन्द्रिय सदस्यमा चुनाव लडेर संगठनको हितमा ज्यान दिन तयार छन्–दिपेन्द्र शर्मा

सुर्खेत,  हालै सम्पन्न प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश बैठकले नेपाल पत्रकार महासंघको खुल्ला केन्द्रिय सदस्य पदमा चुनाव लड्नका लागि दिपेन्द्र शर्माको नाम सिफारिस गरेको छ । नेपाल पत्रकार महासंघको २५ औ महाधिबेशनमा खुल्ला केन्द्रिय सदस्यमा चुनाव लड्नका लागि प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश बैठकले दिपेन्द्र शर्माको नाम सिफारिस गरेको हो ।20170813_184307

खुल्ला केन्द्रिय सदस्यको चुनाव लड्का लागि नाम सिफारिस गरेपछि संगठनको हितमा आफु ज्यानै फाल्न तयार रहेको पत्रकार दिपेन्द्र शर्माले वताएका छन् । संगठन जीवनको हितमा रहेर आफ्नो नाम सिफारिस भएपछि आफु चुनाव लड्न तयार रहेको दिपेन्द्र शर्माले बताउदै आएका छन् ।

विगत द्धन्दकाल देखिनै युद्ध पत्रकारीता गर्दै आएका दिपेन्द्र शर्माले पेशागत संगठनको नीति तथा कार्यक्रमको हितमा आफुले यसपाली पत्रकार महासंघको केन्द्रिय सदस्यमा चुनाव लडेरै छाड्ने वताएका छन् । खुल्ला केन्द्रिय सदस्य लड्न अबरुद्ध गर्ने आफ्ना अगाडी आई पर्ने विभिन्न खाले पहाड पर्वतलाई भक्ताएरै छोड्ने शर्माको भनाई रहेको छ ।

खुल्ला केन्द्रिय सदस्यको उम्मेदवारीवाट आफु कुनै पनि हालतमा पछि नहट्ने वताउदै शर्माले भने–“चुनावका लागि आफुले अनाईने सबै विकल्पहरुलाई खुल्ला गरेको छु, सवै चुनावी विकल्पहरु प्रयोग गरेरै छाड्ने छु ।”

शर्मा नेपाल समाचार पत्र, थाह रेडियो नेटवर्कमा कार्यरत पत्रकार हुन् । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश बैठकले शर्माको नाम खुल्ला केन्द्रिय सदस्यमा सिफारिस गरेपछि शर्माले आफुलाई नेपाल पत्रकार महासंघको खुल्ला केन्द्रिय सदस्यको उम्मेदवार घोषणा गरिसकेका छन् ।

त्यस्तै प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश बैठकले प्रदेश एफ.एम. रेडियो नेटवर्कमा कार्यरत टेकबहादुर ओलीलाई ६ नम्बर प्रदेश केन्द्रिय सदस्य र नरेश भण्डारीलाई खुल्ला केन्द्रिय सदस्यको उम्मेदवार बनाउन नाम सिफारिस गरेको समाचार श्रोतले वताएको छ ।

महिला केन्द्रिय सदस्यमा कोमल शाही र अपाङ्गता केन्द्रिय सदस्यमा नविन रिजालको नाम सिफारिस गरिएको वताईएको छ ।





error: Content is protected !!