बाढीपहिरोमा परी हालसम्म १११ जनाको मत्युः गृहमन्त्री

काठमाडौं– बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका  प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई  जानकारी गराएको छ ।


गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।


उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । गृहमन्त्री सरकारले अहिलेसम्म बाढीपहिरो र डुवानमा परि १११ जनाको मृत्यु भएको तथा ३३ जना भन्दा बढि हराइरहेको जानकारी गराए । 





error: Content is protected !!