यातायातको माध्यामनभए पछि डोल्पामापर्यटक घटेब्यावसायि सँकटमा

डोल्पा ,यातायातको माध्यामनभए पछि डोल्पामापर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथाबाह्यपर्यटको सँख्या घटेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ । यस बर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ५ सय ७३ जना पर्यटक मात्र आएको रेञ्जर सञ्जय कुमार चौधरिले जानकारी दिनुभयो ।
भित्रीएका मध्ये सार्क मुलुकका १४ जना र अन्य देशका ५ सय २३ जना रहेका छन् । साथै अघिल्लो बर्ष १ हजार ६ सय भन्दा धेरै पर्यटक भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रिय राजमार्गले नछोएको र पर्यटन आउने सिजनमा हवाइ यातायात बन्दभए पछि पर्यटक घटेको पर्यटन ब्यावसायि सिजी ट्रेकिङ्गका प्रोप्राइटर जितेन्द्र झाँक्रीले बताउनुभयो ।
जहाजको सुबिधा नभएको र पर्यटकले माथिल्लो डोल्पाको लागि महंगो हेलिकप्टर भाडा तिर्न कठिन भएको कारण पनि पर्यटक घटेको उहाँको भनाई छ ।
माथिल्लो डोल्पामा रहेको शे–गुम्बा नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगार्ड झरणा, माथिल्लो रहन सहन भेष भुषा अबलोकन गर्न पर्यटक आउने गरेको स्थानिय आङ्गबहादुर लामाले बताउनुभयो ।
माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकामा सञ्चारका कुनै पनि माध्याम छैनन् । हरेकबर्ष माथिल्लो डोल्पामा सुरक्षा र सञ्चार अभाबकै कारण लाखौको लुटपाट हुने गर्दछ ।










