रौतहटको गोहानीमा लालबकैया पस्यो, एक सय घर डुबानमा

रौतहटको देवाही गोनाही गाउपालिका –८ दोहर टोलमा लालबकैया खोलाको बाध फुटेपछि एक सय घर डुवानमा परेको छ । स्थानीय बासिन्दा शेख फुलबाबुले गाउँमा खोला पसेपछि स्थानीयबासिन्दा त्रासमा रहेको बताए ।

खोला गाउँ पसेपछि बालबालिका र वृद्धावृद्धा सबैभन्दा बढी मारमा परेका छन् । स्थानीयहरू बालबालिका, वृद्धवृद्धा, खाद्यान्न र लत्ताकपडा जोगाउन लागिपरेको शेखरहिसु आलमले जानकारी दिए । सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रह











