गाउँपालिकाका अध्यक्षले गरे विरामी लाई घरमै गएर वीस हजार सहयोग

जाजरकोट । जुनी चाँदे गाउँपलिका का अध्यक्ष कृष्णवहादुर केसीले विरामीलाई २० हजार सहयोग गरेका छन् ।
गाउँपालिका वडा १ की भीमसरा खड्को भाँचिएको खुट्टावाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाह पाएपछि उनले सो सहयोग गरेको वताए ।

केसीको सहयोग पाएपछि आर्थिक अभावमा समस्यामा परेकी भीमसरा अस्पताल गएर रड निकाल्ने तयारीमा रहेको वताईन् । पैसा नहुँदा घरमा रहेका एक हल गोरु विक्री गर्ने तयारीमा रहेकी खड्का अव सो रकम पाएपछि खुसी हुँदै सहयोगीका साथमा नेपालगन्ज लाग्नु भएको छ ।
मतदातालाई धन्यावाद दिदै गाउँ गाउँमा पुगेका केसीले विरामीको समस्या देखेपछि सो रकम सहयोग गरेको वताए ।




सम्बन्धित समाचार


error: Content is protected !!