डोल्पा अस्पतालमा टेलिमेडिसिन सेवा बन्द: फोटो खिचेर उपचार

डोल्पा , जिल्ला अस्पताल डोल्पामा १० वर्ष देखि टेलिमेडिसिन सेवा बन्द छ । स्वास्थ्य विभागले २०६४ सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक वर्ष पनि राम्रोसँग सञ्चालन नभएर बन्द भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

भि–स्याटबाट द्रुत क्षमताको इन्टरनेट चलाएर भिडियो मार्फत उपचार गरिने टेलिमेडिसिन प्रबिधि जडान गरे पनि डोल्पाली जनताले त्यसको सदुपयोग गर्न नपाएको जिल्ला अस्पतालका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले बताए । उनले भने ‘टेलिमेडिसिनको लागि मेसिन बिग्रीएको छ फोटो खिचेर पठाउने र फोटोको  आधारमा बिरामीको उपचार गर्ने गरेको छौ ।’

डोल्पा जस्तो दुर्गम जिल्लाको लागि यो टेलिमेडिसिनबाट गरिने उपचार प्रभावकारी हुने  तर, १० वष बितिसक्दा पनि यस्तो सेवा सुचारु गर्न नसक्दा दुर्गमका बिरामी मर्कामा परेको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए । ढकालले हाल भएको एडिएसएल इन्टरनेटको प्रयोग गरेर भएपनि यो सेवा सूचारु हुनु पर्नेमा जोड दिए ।

सि–फोनको भिस्याट मार्फत संचालित टेलिमेडिसिनका लागि द्रुतगतिको २ केबिपिएस क्षमताको इन्टरनेट चल्ने र ठुला–ठुला अस्पतालका बिशेषज्ञले भिडियो माफर्त बिरामीको समस्याको पहिचान गर्न सक्ने सेवा भएको डाक्टर अग्रवालले जानकारी दिए ।अग्रवालका अनुसार हाल टेलिमेडिसिन सेवा बिरामीको फोटो खिचेर धुलिखेल अस्पतालका अर्थोपेडिस सर्जन डक्टर राजिप शर्मासँग परामर्श गर्ने गरेको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!