रविन्द्र शाहको हत्यामा खड्कालाई जोडिनु सरसर गलत ,दस्तावेजको पुर्णपाठ सहित ।


जाजरकोट । नेकपा पाटीले पाटी छोडेका पुर्व नेकपा का भेरीकर्णाली ईन्चार्ज गगनवहादुर खड्का जीवन माथी लगाएका आरोप सरासर गलत भएको वताएको छ । फुटको औचित्य प्रमाणीत गर्न नसक्ने तर अर्कालाई अनाआवश्यक आरोप लगाएको देख्दा दया लागेर आएको उहाँको भनाई । जसरी केन्द्रिय समितिको वैठकमा जीवनलाई कारवाही गरि अकै लाई जिम्मेवारी दिईएको भनिएपनि भेरीखवरलाई प्राप्त दस्तावेतको पुर्णपाठ हेर्दा सो कुरा कत्तै उल्लेख छैन् । हामीलाई प्राप्त दस्तावेजमा कत्तैपनि जीवनमाथी लगाएका आरोपहरु उल्लेख छैन्न । जीवन जनताको मनमुटुमा झिज्न सफल मात्र होईन सवैले आशा लाग्दा जिम्मेवारी नेताका रुपमा लिने गरेका छन् । सस्तो लोकप्रियताका लागि गरिएका अनाआवश्यक प्रचारवाट आफु विचलित नहुँने जीवनको भनाई छ । पाटीमा विचार मिले वस्ने विचार नमिले छाड्ने कुरा खासै अनौठो नभएको वाम विश्लेषकको भनाई छ । विप्लवको दस्तावेजमा चुनाव वादी ,अवरवादी भनी उल्लेख गरिएको भएपनि अन्य कुनै उल्लेख नगरिएको पाईएको हो । नेकपाले कत्तैपनि कारवाही नगरेको तर आफै पाटी छोडेको जीवनको भनाई छ । जाजरकोटका कांग्रेस नेता रविन्द्र शाहको हत्याका खड्कालाई योजनाकार भनि लगाएको आरोप प्रति उहाँले कडा आपती जनाउनुभयो । कुनै पनि हालतमा यस्ता घृणित काम आफु गर्न नसक्ने उहाँको भनाई छ ।

पाटीमा हुँदा जयजय कार गर्ने र पाटी छोड्न वितिकै अनाआवश्यक गाली गलोच गर्नुका साथै चरित्रहत्या गर्ने सम्माका कार्यले आफु दुखि भएको वताउनुभयो । विभिन्न सञ्चारमाध्यममा गलत समाचार दिएर व्यक्तिको चरित्रहत्य नगर्न समेत उहाँले आग्रह गर्नुभयो । नेकपा भित्र मौलाएको अराजक तन्त्र र दिशा विहिन राजनीतिले कोही पनि सहि वाटोमा पुग्न नसक्ने उहाँको भनाई छ । पाटीले आफुलाई कहिले पनि कारवाही नगरेको उहाँको दावी छ । आफुलाई लगाएको आरोपको प्रमाणित गर्न उहाँले चुनौति समेत दिनुभयो । जनयूद्धमा सवैलाई समानताका लागि जीवन फालेर लडेको नेताले नाफाको जिन्दगी लिएर अहिले नैतिकताको राजनीति गरेको उहाँको भनाई छ ।










