जाजरकोटमा अस्पताल नपुग्दै बाटोमै मर्छन् बिरामी

जाजरकोट  । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वारेकोट गाउँपालिकामा भरपर्दो स्वास्थ्य चौकी नहुँदा यहाँका बासिन्दाले निकै सास्ती भोग्दै आएका छन् ।
जिल्ला अस्पताल पुग्न तीन दिन लाग्ने भएकाले धेरैले त अस्पतालको मुख समेत देख्न पाउँदैनन् भने कतिपयको त बाटोमा नै ज्यान जाने गरेको छ । ६ महिनाको अन्तरमा ७ जनाको मृत्यू भएको स्थानीयको भनाई छ । अस्पताल ल्याउदा वाटोमै मृत्यू भएको हो । वारेकोट गाँउपालिका– ८ का ३२ वर्षीय रामवहादुर पुनको पेट दुखेपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पताल ल्याउन खोजे तर उहाँलाई अस्पतालसम्म पुर्याउनै पाएनन्। उहाँले बाटोमै मृत्यू हुन पुग्यो ।
यस्तै सोही गाँउपालिका–२ का हेमन्त थापाले पनि यस्तै नियती भोग्नुपर्यो । उहाँको शरीरमा देखा परेको घाउखटिराको उपचार गर्न जिल्ला अस्पताल जाजरकोटमा ल्याउदै गर्दा वाटोमै उहाँको पनि बाटोमै ज्यान गयो भने वडा न ६ का कालीवहादुर वोहरालाई आफन्तले अस्पतालसम्म पुर्याउन पाएनन्।
गाउँमा एउटा स्वास्थ्य चौकी छ जहाँ विशेषज्ञ चिकित्सक छैनन् । स्थिति कतिसम्म दयनीय छ भने स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नियमित आउँदैन्न , अधिकाश समय करार अनमीको भरमा सञ्चालित हुँने गर्दछ ।
त्यहाँको स्वास्थ्य सेवाप्रति स्थानीयको कमै विश्वास छ । लिम्सामा रहेको निजी क्षेत्रबाट सञ्चालित जीवन मेडिकलमा सामान्य विरामीको उपचार हुन्छ। जटिल बिरामीलाई मेडिकलले जिल्ला अस्पताल अर्थात रुकुमको चौरजहारीमा रिफर गर्ने गरेको छ तर जिल्ला अस्पताल पुग्नै दुई दिन लाग्छ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार सेवा नहुँदा आफ्नो ९ बर्षीय छोरी कमला पुनको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आमा धर्मकली पुनले बताउनुभयो ।
वारेकोट गाँउपालिकाको सवै वडामा स्वास्थ्य चौकी छैन । भएका स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीको अभाव छ । उनीहरु अधिकांश जिल्ला सदरमुकाममा भने भेटिने गरेको स्थानीय बताउँछन्। स्वास्थ्य चौकीमा औषधि समेत नपाइने गरेको स्थानीयको आरोप छ । जिल्ला अस्पताललाई नगरपालिकाको मत्ताहातमा ल्याएर ५० शैयावाट १५ शैयामा झाने योजना भन्दै चर्को विरोध सम्म हुँन थालेको छ ।
हेमन्त के सी रासस




सम्बन्धित समाचार


error: Content is protected !!