डोल्पाको त्रिपुराकोटमा बिद्युत आपुर्ती बन्द

दुनै(डोल्पा)
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ त्रिपुराकोटमा तिन दिन देखि बिद्युत आपुर्ती बन्द भएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका १ ल्वकाँमा रहेको पैँतीस किलोवाट क्षमताको छलगाड लघुजलबिद्युत आयोजनाको बाँध छलगाड खोलाले भत्काए पछि बिद्युत आपुर्ती बन्द भएको बिद्युत ब्यबस्थापन समितिले जनाएको छ ।
बर्षायामको सुरुसँगै छलगाड खोलामा पानीको बहाव बढेर पटक पटक मुहान भत्काउने गरेपछि असार महिना देखि साउन अन्तिमसम्म त्रिपुराकोटमा बिद्युत सेवा अनिश्चित हुने गरेको बिद्युत ब्यबस्थापन समितिका अध्यक्ष दिल बहादुर बिष्टले जानकारी दिनुभयो ।
खेलाले मुहानमा धेरै क्षती पु¥याउनुका साथै आजभाली खोलाको बहाव पनि उच्च भएकाले पानी घटेपछि दिगो हिसाबमा मुहान ब्यबस्थापन गर्ने योजना रहेको अक्ष्यक्ष बिष्टले बताउनुभयो ।
बिद्युत आपुर्ती बन्द भएपछि त्रिपुराकोट,रल्ली,गल्ली र करेलीकाँडाका दुईसय घरधुरीहरु अन्धकारमा रहेका छन् भने सरकारी तथा गैह्र सरकारी कार्यालयबाट सम्पादनहुने बिद्युतिय कामकाजहरु समेत ठप्प भएको छ ।
भेरीखवर संवादाता










