भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्।
वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।
१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए। १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन्। उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी छिन्। निर्वाचन आयोगले चुनावी परिणामको औपचारिक घोषणा गर्न बाँकी छ।










