लथालिङ्ग वन्दै भेरीनगरपालिकालथालिङ्ग वन्दै

जाजरकोट । भेरी नगरपालिकाको खलंगा वजार सफा राख्न नगरपालिकाको पहिलो वैठकले गरेको निर्णय अहिले सम्म कार्यान्वयनमा नआउदा वजारका विभिन्न भागहरुमा र्दुगन्ध फैलिन थालेको छ । नगरपालिकाको गत जेठ ५ गते वसेको वैठकले पहिलो निर्णयको रुपमा नगरपालिकालाइ हरियालीयुक्त र सफा एवम स्वछ नगरपालिका वनाउने निर्णय गरे पनि उक्त निर्णय अनुसार अहिले सम्म केहि काम नभएको स्थानीयवासीको गुनासो छ ।
जनताका प्रतिनिधि आएर पनि नगर सरसफाइको काममा तिव्रता नआएको भन्दै स्थानीयले गुनासो गरेका हुन् । भेरी नगरपालिका स्थित खलंगाका मुख्य वजारहरुमा फोहर थुप्रिदा वजार कुरुप मात्र नभइ दुर्गन्धित समेत वन्दै गएको स्थानीयको गुनासो छ । खलंगा वजारका ठाँटी, थाप्लेचौर, गैरीखाली, शान्तिौतारा मुख्य रुपमा फोहरले दुर्गन्धित भएका छन् । वजार क्षेत्रमा भएका सार्वजनिक सौचालयहरु, होटेल,पसल र स्थानीयहरुको घरवाट निस्किने फोहर व्यवस्थापन गर्न नसक्दा वजारहरु फोहर र दुर्गन्धित भएका हुन् । स्थानीय निकायले फोहर व्यवस्थापनको गतिलो योजना नवनाउदा र गरेको निर्णय पनि कार्यान्वयन गर्न नसक्दा समस्या परेको भेरी नगरपालिका १ रिम्नाकी सरिता पुनले वताइन । उनले फोहरका कारण वजारको रुप रंगमा नै नकरात्मक असर पर्दा पनि कसैले चासो नदिनु दुखको कुरा भएको वताइन् । वजार र मुल सडकको छेउमा फोहर थुप्रिदा दुर्गन्ध मात्र होइन , दुर्घटनाको समेत सम्भावना वढेको उनले वताइन् । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले प्रभावकारी नेतृत्वको अभावमा व्वस्थित नगर निर्माणमा समस्या देखिएको वताए ।
गरिएका निर्णयहरु कार्यान्वयन गर्न सरोकारवालाहरुले गतिलो इच्छा शक्ति देखाउन नसक्दा जनतामा नकरात्मक असर परेको उनको भनाइ छ । २०७१ पुस १८ गते जाजरकोट जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपनि व्यक्तिगत तथा सार्वजनिक सौचालयहरु व्यवस्थित नहुदा पनि वजारमा सरसफाइ कार्य प्रभावकारी हुन नसकेको सरोकारवालाहरु वताउछन् । खलंगा वजारको सरसफाइ र फोहरको उचित व्यवस्थापनका लागि स्थानीय व्यापारी र निकायहरुले पहल नगरेको वजारवासीको गुनासो छ । उता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले वजारको फोहर व्यवस्थापनका लागि नगर परिषद्वाट ३० लाख रकम छुटटयाइएको वताए । उनले सवै नगरका वासिन्दाले सहयोग गरे आफुले नगरपालिकाको जेठ ५ गतेको निर्णय सफल्तापुर्ववक कार्यान्वन गर्न सकिने वताए । आफुले नगरका मुख्य वजारहरुको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन रुपमा योजना वनाउन लागेको वताए ।










