११ डिआईजी एआईजीमा बढुवा,योजना आयोगको उपाध्यक्षमा वाग्ले

काठमाडौं –सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को विहिवार वसेको वैठकले उनिहरुलाई एआईजीमा बढुवा गरेको हो । बढुवा हुनेहरुमा डिआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

गृहमन्त्रालयको बढुवा समितीविरुद्ध उजुरी परेपछि बढुवा केही समय रोकिएको थियो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि विहिवारको मन्त्रीपरिषदको वैठकले उनिहरुलाई एआईजीमा बढुवा गरेको हो । एआईजी बढुवामा वम बहादुर भण्डारी एक नम्वरमा बढुवा भएका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक नियुक्त गरका चन्द दुई नम्वरमा एआईजी भएका छन् ।

आईजिपीको दौडमा रहेका डिआईजी सिलवाललाई भने सरकारले बढुवामा सिफारीस गरेन । उनको मुद्दा हाल सर्वोच्चमा विचाराधीन अवस्थामा छ । सिलवालको मुद्दाको पेसी विहिवार तोकिएको छ । प्रधानन्यायाधीस गोपाल पराजुलीको नेतृत्वमा सात जना न्यायाधीसले उनको मुद्दा हेर्ने भएका छन् ।

विहिवार विहान वसेको मन्त्रिपरिषदको वैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा।स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ । यसअघि उनी आयोगको सदस्य थिए ।





error: Content is protected !!