बामदेव गौतमदेखि शक्ति बस्नेतसम्मका आ–आफ्नै कुरा मतदाताले ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याईयो

काठमाण्डौं । संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ बारे आ–आफ्नो धारणा राखेका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै पूर्व गृहमन्त्री बामदेव गौतमले मतदाताले ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याईएको बताए । ‘यो व्यवस्थाका कारण एनजिओहरुले जनतालाई भड्काउन सक्छन्, संविधानमा ‘मत दिन्न’ भन्ने प्रावधान छैन, अनि ऐनमा कसरी आउन सक्छ । उनले भने‘यो व्यवस्था असंवैधानीक छ, यसले नेपालको राजनीतीक सिस्टमलाई अवज्ञा गर्न खोजेको छ ।
त्यस्तै सांसद मिना पुनले विदेशमा रहेका नेपालीले उतैबाट मत हाल्न पाउने र समानुपातिक तर्फ उम्मेद्वार समेत हुन पाउने व्यवस्था हुनेगरी विद्येयक परिमार्जन गर्नुपर्ने बताइन् ।
सांसद रामेश्वर खनालले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेको उम्मेद्वारी खारेज गर्ने व्यवस्था विद्येयकमा हुनुपर्ने बताए ।
सांसद शक्ति बस्नेतले प्रतिस्पर्धी दुई उम्मेद्वारको बराबर मत आएमा दुवैलाई विजयी घोषित गरेर पालैपालो काम गर्ने अवसर दिनुपर्ने बताए ।
खवरडवली साभार ।










