भारतिय राजदूतलाई ओलीले भने देउवा निर्वाचन नगर्ने षडयन्त्रमा छन्

काठमाण्डौपाटी काठमाडौ– पुर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी ओली निवास बालकोट पुगेका छन् । भेटमा एमाले अध्यक्ष ओलीले १९५० को सन्धी समयाअनुकुल बनाउनुपर्ने धारणा राखेका थिए । उनले नेपाल–भारतसम्बन्ध नया ढंगले अघि बढाउनु आजको आवश्यकता भएको भन्दै त्यसका लागी भारत पनि तयार हुनुपर्ने धारणा समेत राखेका थिए ।
भारतिय राजदूत पुरीले उनलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना गर्न लागिएको समारोहमा बिशेष अतिथिका रुपमा सहभागी भइदिन अनुरोध गरेका थिए । एमाले अध्यक्ष ओलीका स्वकिय सचिव अनिश दाहालकाअनुसार भारतीय राजदूतले भेटमा ओलीलाई विदेशीमन्त्री सुष्मा स्वराजकै तर्फबाट अध्यक्षज्युलाई विशेष निम्ता छ भन्दै सहभागी भइदिन आग्रह गरेका थिए । जवाफमा ओलीले कुनै जवाफ नदिइ टाउको मात्र हल्लाएका थिए ।
“उहाले अहिले निम्तो मात्र दिन आएको पछि औपचारीक कार्ड पठाउछु भन्नुभयो,तर अध्यक्षज्युले त्यसमा कुनै पनि प्रतिक्रिया दिनुभएन् ।” ओलीका स्वकिय सचिव दाहालले काठमाण्डौपाटीलाई भने । भेटमा नेपाल भारतसम्बन्धबारे निकैबेर छलफल भएको थियो ।
राजदूतसंगको भेटमा ओलीले नेपाली कांग्रेसका सभापति एवंम् प्रधामन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका थिए । ओलीले माघ ७ भित्र कुनै पनि हालतमा केन्द्र र प्रदेशको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै त्यसका लागी सरकार गम्भिर नभएको उनको आरोप थियो ।










