मतपत्र च्यातिनु अघि भरतपुरको अवस्था, कसको कति भोट ?

काठमाडौं, – मत पत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ ।

आइतबार सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्दै विवादित १९ नम्बर वडामा पुन मतदानको फैसला सुनाएको हो ।

जेठ १४ गते मतगणना भइरहेको समयमा मतगणनामा सहभागी नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेसँगै भरतपुरको मतगणना रोकिएको थियो ।

मत पत्र च्यात्ने कामममा संलग्न माओवादी केन्द्रका दुई कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटी जनही १र१ लाख धरौटीमा छुटेका छन् ।

मतगणना रोकिएपछि के भयो

मत गणना स्थगन भएसँगै निर्वाचन आयोगले सहमहान्यायधीवक्ता गीताप्रसाद तिमल्सिना को नेतृत्वमा अनुगमन टोलि भरतपुर पठाएको थियो । उक्त टोलीले त्यहाँको अवस्थाबारे आयोगमा प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई च्यातिएका मतको एकिन विवरण पठाउन निर्देशन दिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिको रोहबरमा च्यातिएको मतगणना गर्दा ९० मत च्यातिएको अवस्थामा पाइएको थियो । त्यसबारे आयोगमा जानकारी पठाएसँगै निर्वाचन आयोगले लामो छलफल र बैठक पछि निर्वाचन रोकिएको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मत गतगणना रोकिएपछि नेकपा माओवादीले अविलम्ब मतगणनाको माग गरेर दवाव दिँदै आएको थियो । पुन मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध समेत गरेको थियो ।

त्यसैबीच नेकपा एमालेका तर्फवाट वडा सदस्यका उम्मेदवार गुञ्जमान बीकले सर्वोच्च अदालतमा पुन मतदान गराउने निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए । जसको फैसला करिब २ महिनापछि आएको छ र, रिट निवेदक वीकको रिट खारेज गर्ने ठहर गर्दै सर्वोच्चले १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गरेको छ ।

मतपत्र च्यातिनु अघिसम्म कसको कति भोट रु

भरतपुर महानगरपालिकामा कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल र एमालेकी देवी ज्ञवालीबिच मेयरमा प्रतिसपर्धा छ ।

मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाएकी थिइन् । अब भरतपुरमा १९ नम्बर वडामा पुन चुनाव हुने छ भने २० नम्बर वडाको मतगणाना हुने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!