माओवादीकै सांसदले लगाए गृहमन्त्री शर्मामाथी शक्ति दुरुपयोग गरेको आरोप

काठमाण्डौ– नेपाल प्रहरीका पुर्व प्रमुख रविन्द्रप्रताप शाहले गृहमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रती असन्तुष्टी जनाएका छन् । प्रहरीको सरुवा र बढुवामा नियमविपरीत काम गरेको भन्दै उनले गृहमन्त्रीको आलोचना समेत गरेका छन् ।

गृहमन्त्री शर्माले वरियता मिचेर प्रहरीको बढुवा गरेको र नियम कानुन नवनाई अनावश्यक दरवन्दी थपेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको बेला शाहको यस्तो भनाई आएको हो । गृहमन्त्री शर्माको ठाडो आदेशमा ट्राफिक महाशाखा प्रमुख डिआईजी मिङमार लामाको सरुवाप्रती पनि शाहले आपत्ति जनाएका छन् । “नराम्रो काम गरेको थियो भने कि एआईजी बढुवामा सिफारीस गर्नुहुन्थेन कि यसरी हचुवाको भरमा सरुवा गर्नुहुन्न थियो,विशिष्ट श्रेणीमा पुगेको मान्छेको इज्जत त हुन्छ नी ।” शाहले  भने ।

शाहले राजनीतिक नेतृत्वले अरुको इज्जत गर्न पनि जान्नुपर्ने बताए । एमाओवादी केन्द्रबाट सांसद समेत रहेका शाहले सामाजिक संजाल फेसबुकमा समेत लामालाई सरुवा गरेको प्रति आपत्ती जनाएका छन् ।

उनले फेसबुकमा डिआईजी लामाको फोटो पोष्ट गर्दैै यस्तो लेखेका छन्– एआईजी बढुवामा सिफारीस गर्ने रु अनि,त्यही बढुवा निस्किन नपाउदै अपर्झट हेडक्वार्टर पनि तान्ने रु के ताल हो सरकारको रु शक्ति छ भन्दैमा जे पनि गर्न मिल्छ रु यहि हो लोकतान्त्रिक विधी रु यस्तै हुन्छ पारदर्शिता रु

नेपाल प्रहरीको एआईजी बढुवा सिफारीसमा शर्माले राजनीतिक दवावमा वरियतामा पछि रहेकालाई एआईजी सिफारीस गरेपछि उक्त निर्णय विवादमा परेको थियो ।
मन्त्री शर्माले राजनीतिक दवावमा काम नगर्ने दावी गरेपनि पछिल्लो समय प्रहरीको बढुवा प्रक्रिया राजनीतिक भागवण्डाको आधारमा भएको भन्दै सर्वत्र उनको आलोचना भइरहेको छ ।

नेपाल प्रहरीमा एआईजी र डिआईजी बढुवामा कार्यसम्पादन राम्रो भएका र वरियतामा अघि रहेका डिआईजी मधु पुडासैनी,पंकज श्रेष्ठ, माधव नेपाल र हेमन्त पाललाई बढुवामा छुटाएर वरियतामा पछि रहेका र कार्यसम्पादन पनि राम्रो नभएका विजयलाल कायस्थ, रणबहादुर चन्द र विजयराज भट्टलाई बढुवा सिफारीस गरेपछि मन्त्री शर्माको आलोचना भएको हो ।

एमाओवादी केन्द्रको सिफारीसमा सांसद समेत बनेका शाहले प्रहरीका उच्च अधिकृतको बढुवा सिफारीसको आधारमा मुल्याङकन गर्ने हो भने गृहमन्त्री शर्माबाट आशा राख्ने ठाउ नभएको दावी गरे ।

” एआईजीको भकाभक दरवन्दी थप्ने काम भएको छ, कुन नियम र ऐनमा टेकेर यो काम भयो,संघिय संरचनामा लैजाने भनेर बनाएको कुवेर रानाको प्रतिवेदन खोई कार्यान्वयनमा गएको, यसरी गृहप्रशासन चल्दैन ।” शाहले भने

काठमाण्डौँपाटीवाट ।




सम्बन्धित समाचार


error: Content is protected !!