जिल्ला समन्वय समिति हुम्लाको आज मनोनय दर्ता हुँदै

हुम्ला
श्रावण १९ गते हुने जिल्ला समन्वय समिति हुम्लाको निर्वाचनमा शनिवार मुख्य निर्वाचन कार्यलयमा मनोनयन दर्ता हुने भएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग माओवादीले कार्य एकताको सम्झौता गरेको छ । सभापति सहित ४ सदस्य नेकपा माओवादी केन्द्र र उपसभापति र ३ सदस्य गरि नेकपा एमालेले लिने गरि २ वुँदे सहमति गरेको छ ।
यस भन्दा पहिला नेपाली काँग्रेस संग नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति निर्वाचनको पदाधिकारी विच गरेको सहमती लत्याँउँदै काँग्रेसले आफना कार्यकर्ता माथि कुटपिट गरेको भन्दै सहमति तोडेको समेत नेकपा माओवादी जिल्ला इन्चार्ज छिमी दोर्जै लामा आशाकारले बताए । समन्वय समितिको निर्वाचनका लागि उम्मेरदवारको मनोनय पत्र दर्ता गर्ने तोकिएको २ दिन अघि राजधानी काठमाण्डौंमा उपलब्ध जिल्लाबाट प्रतिनिधित्व गर्ने दुवै पार्टीका पोलिट व्युरो सदस्य र जिल्ला पार्टी प्रमूखले सहमती पत्रमा हस्ताक्षर गरेपछि औपाचारिक रुपमा वर्तमान सत्ताको नेतृत्व गरेको नेपाली कंग्रेसलाई एक्लै पार्दै दुई कम्युष्टि पार्टीहरु बिच कार्यगत एकता गरेको छ । माओवादी बाट जिल्ला समन्वय समिति हुम्लाको सभापति बन्ने लगभग पक्का पक्की भएको छ । एमाले र माओवादी विच लिखीत २वुद्धे सहमति गरे पछि नेपाली काँग्रेस जिल्ला समन्वय समिति बाट बडारीने भएको छ ।
स्थानीय तहहरु बिचको समन्वयकारी भूमिका निर्वाह गर्ने संवैधानिक व्यवस्थामा सिमित पारिएको जिल्ला समन्वय समिति हुम्लाको आसन्न निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बिच सहकार्य भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिकाबाट माओवादी ६ ,एमाले ४, कांग्रेस ४जना गरि १४ जान मतदाता भएको हुम्लामा वामपन्थिको गठबन्धन भएको समेत नेकपा एमाले पार्टिका पोलिट व्यउरो सदस्य गोरखबहादुर बोगटीले बताउनु भयो ।










