सल्यानमा नास्पतिको रुखबाट खसेर एक व्यक्तिको मृत्यु

इन्द्र ब बुढाथोकी
सल्यान १ । सल्यान बनगाड कुपिन्डे नगरपालिकामा नास्पातिको रुख बाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ३ काभ्रा का अन्दाजी ४७ वर्षका चन्चल पुनको मृत्यु भएको हो ।

पुन घर नजिकैको नास्पति टिप्ना गएको वेला साढे एक बजेतिर रुखबाट खसेर मृत्यु भएको हो । रुखबाट खसेको वेला सामान्य शास भएपनी नजिकै हस्पिटल नहुदा पुनको मृत्यु भएको हो । पुनका श्रीमती, ३ छोरा र २ छोरी छ्न ।





error: Content is protected !!