सेनामा एकैचोटी दर्जनौ कर्णेल र मेजरको सरुवा सुचीसहित

काठमाण्डौ– नेपाली सेनामा ठुलो संख्यामा कर्णेल र मेजरहरुको सरुवा भएको छ । सैनिक मुख्यालयले साउन १ मा गरेको सरुवामा सय जनाभन्दा बढी प्रमुख सेनानी र त्यत्तिकै संख्यामा सेनाहरु रहेका छन् ।
सैनिक स्रोतले दिएको जानकारीअनुसार प्रमुख सेनानीहरु सुर्दशन बहादुर खड्का इन्जिजियर विभाग,महेन्द्र महर्जन,समारोह निर्देशनालय, मनराम केसी, सैनिक आर्थीक प्रशासन विभाग,सानुकाजी थापा २७ बाहिनी अड्डा, अनिल सिंह मध्य पश्चिम पृतना हेडक्वाटर,धन बहादुर थापा बलाधिकृतको कार्यालय,ललित बहादुर कुवर पश्चिम पृतना हेडक्वाटर, प्रभात विक्रम शाह हवाई सुरक्षा तालिम निर्देशनालय, अनिल खड्का वार कलेज, अर्जुन खड्का राष्ट्रिय सेवा दल र ईभित राणा प्राड विभागमा सरुवा भएका छन् ।
त्यसैगरी लेफिटनेण्ट कर्णेल युवधिरमानसिंह अधिकारी सैनिक इन्टिेलिजेन्स बाहिनी,मचिन्द्र थापा सैनिक इन्टिेलिजेन्स महानिर्देशनालय,प्रज्वल रायामाझी ३ बाहिनी अड्डा, जितेन्द्र गुरु¨ नम्वर।३ तालिम गण,रन्जित थापा स्टाफ कलेज,राजेन्द्र श्रेष्ठ सैनिक स्टाफ कलेज,जगत पौडेल उपत्यका पृतना,रामकाजी राना मगर राष्ट्रपतिको कार्यालय र प्रभाकर गणलाई भवानी दलको गणपतिमा सरुवा गरीएको छ ।
त्यसैगरी, सेनानीहरु सृष्टी खड्कालाई गोरखकाली गुल्मको गुल्मपति,अरुण कार्की गुल्मपति समरसुर गुल्म,निर्मल खड्का शान्ती सेना निर्देशनालय र राजेन्द्र बोगटीलाई गौरीबक्स गुल्मको गुल्मपतीमा सरुवा गरिएको छ ।
काठमाण्डौँपाटीवाट










