रुखको फेदमा बसेर पढ्छन विद्यार्थी

रुकुमको मुसिकोट नगरपालिका २ महाकाली माध्यमिक विद्यालयका बालबालिकाहरु विद्यालय नजिकै रहेको रुखको फेदमा बसेर पढ्न बाध्य छन् ।

असार लागेदेखि विद्यालयले भवनको उचित व्यवस्था नभए सम्मका लागि खुला चउरमा पठनपाठन शुरु गरेको हो । १ देखि १० कक्षा सम्म पढाई हुँदै आएको यस विद्यालयमा पाँच वटा कक्षा कोठामा मात्र अहिले प्रयोगमा ल्याएको छ । बाँकी सबै भूकम्प र विद्यालयको खेल मैदान निमार्ण गर्दा पर्खाल भत्केर भवनमा क्षती भएपछि प्रयोग वीहिन भएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता बिकले बताउनुभयो ।

अहिले आधारभूत तहका सबै कक्षाहरु शान्ति मन्त्रालयको सहयोगमा क्रमागत निमार्णाधीन भवनमा र रुखको फेदमा पढाई  हुँदै  आएको छ । विद्यालयमा १४ वटा कक्षा कोठाको आवश्यकता भएपनि अहिले ५ वटा मात्र प्रयोगमा आएको प्रअ लोक बहादुर खड्काले बताउनुभयो । बाँकी कक्षाकोठा प्रयोग नगर्न शिक्षा कार्यालयका प्राविधिकले भने पछि विद्यालयमा कक्षा कोठाको समस्या भएको प्रअ खड्काले जानकारी दिनुभयो । धेरै समयसम्म पानी परेपछि विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता रहेको प्रअ खड्काले बताउनुभयो ।

२०७२ सालमा आएको बिनाशनकारी भूकम्पले पनि विद्यालयमा क्षति पु¥याएको थियो । जिल्ला शिक्षा कार्यालयका पटक–पटक भवनको लागि माग गर्दा आफुहरुको कुरा नसुनेको अभिभावक रमेश खड्काले बताउनु भयो । ‘विद्यालयमा रकम राजनीतिक भागबण्डाका आधारभन्दा आवश्यकताका आधारमा दिनुपर्छ,’ खड्काले भन्नुभयो– ‘तर आवश्यकता भन्दा यहाँ पहुँचका आधारमा शिक्षाले रकम दिने भएकाले समस्या भयो ।’

३ सय १५ विद्यार्थी अध्ययन गर्दै आएको यस विद्यालयमा कम्प्युटर, पुस्तकालय र ई लाइब्ररी समेत रहेको छ । विद्यालयमा ५ जना स्थायी र ७ जना शिक्षक निजी स्रोत बाट तलब खादै आएका छन ।





error: Content is protected !!