डोल्पालीको पिडाः विमानस्थल बन्द,दैनिक उपभोग्य बस्तुको अभाव,महंगीको चरम मार,मृत्यु कुर्दै डोल्पाली !सुनिदिने कसले ?


दुनै(डोल्पा) कुनै पनि गाँउ,क्षेत्र अनि देश भौगोलिक रुपमा दुर्गम वा सुगमहुन मानविय त्रुटीको कुरा होईन् ।कतै हिमाल,कतै पहाड,कतै तराई यो सबै प्रकृतिको देन हो ।कतै सम्म कतै डाँडापाखा यो पनि मान्छेको बहसमा छैन् ।कतै सुगम अनि कतै दुर्गम,कतै अभाव कतै एैश्वर्य जस्ता कुरा मानविय जीवनमा तुलनाहुने गर्दछन् ।कतै बिकास,कतै बिनास,कतै बिरामि पर्दा सिटामोलसम्म नपाईने ठाँउ,भोगलाग्दा एक गाँस खान नपाईने ठाँउ,पैसा तिरेर खाउँ भन्दा पनि किन्न नपाईने ठाँउ,उचित शिक्षा,स्वास्थ्य,यातायात अनि संञ्चारले सधैँ भोको ठाउँ ,कतै भने एक पाईला पनि हिँड्न नपर्ने ठाउँ,सरर गाडीमा गुड्न पाईने ठाउँ,कतै रातदिन झिलिमिली,गुणस्तरिय शिक्षा,स्वास्थ्य तथा प्रशस्तै रोजगारीका अवसर पाईने,पैसाले सबै थोक किन्न पाईने,नानाथरीका भोक विलास गर्ने ठाउँ ।यस्तै छ नेपालको परिबेश हो डोल्पा पनि पिडै पिडाले थिचिएको छ,त्यसमा दुर्गमलाई टाढैबाट हेर्ने राज्यको प्रबृति पनि उस्तै ।एक त भुगोलले ठगेको डोल्पा त्यसमा पनि राज्यको दुरदृष्टि पर्न नसक्दा अत्यन्तै कष्टपुर्ण जीवन बिताईरहेकाछन् डोल्पालीले ।
आजभोली डोल्पा साच्चिकै प्राकतिक जेलजस्तै लागीरहेको छ डोल्पालीलाई ।जहाज बन्द,पैदलमार्ग जोखिम तथा महंगीको चरम समस्या भोगिरहेकाछन् डोल्पालीले ।
सोझासाझा डोल्पालीका लागि बिकट लाग्छ डोल्पा तर सुन बटकौली बाख्रिजस्तै बनिरहेको छ टाठाबाठाका लागि ।नेता,कर्मचारी,ठेकेदारको तथा व्यापारीका लागि दोहनगर्ने थलो बनिरहेको छ डोल्पा ।
भौगोलीक बिकटतालाई ढाल बनाउँदै भ्रष्टाचार अनियमितता मौलाउँदै गईरहेको छ डोल्पामा ।
तर पनि डोल्पाको समुचित बिकासगर्ने डोल्पालीको पिडीत मनमा कसैले मलम लाउने प्रयाससम्म गरेको छैन् ।यस्तै यस्तै पिडाले जगडिएको छ डोल्पा ।
नाकाबन्दीको अवस्था
डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहको जुफाल विमानस्थल बन्दहुनुका साथै सडकमार्ग समेत जोखिमयुक्त भएपछि डोल्पामा नाकाबन्दीको अवस्था सिर्जना भएको छ ।नियमित हवाई सेवा दिईरहको जुफाल विमानस्थल १ असार देखि कालोपत्रेका लागि बन्द भएपछि डोल्पामा यातायातको समस्याले बिकराल रुप लिईरहको छ ।कुनै मान्छे सामान्य बिरामि समेत उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ यतिखेर ।
जुफाल विमानस्थल बन्द भएको एक महिना वितिसक्दा पनि यातायातको बैकल्पिक माध्यामको खोजीगर्न नसक्दा डोल्पालीको जीवन अत्यन्तै कष्टकर बन्दै गईरहेको त्रिपुरा सुन्दरी नगरपालिका स्थित लिकुका स्थानीय लोकेश खत्रीले बताउनुभयो।जुफाल विमानस्थल स्तरउन्नतीका लागि बन्द गरिएको एकसाता भित्रै त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने मसिनेचौर विमानस्थलमा हवाईसेवा संञ्चालनमा ल्याउने प्रतिबद्धता भएपनि त्यो पुरा नगरिएको खत्रीले बाउनुभयो ।
अकालमै ज्यान गुमाउँदै डोल्पाली
बिरामि पर्दा स्वास्थ्य उपचारकोलागि जिल्ला बाहिर लैजान नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ डोल्पालीलाई ।यातायातको बिकल्प हवाई जहाज तथा पैदलमार्ग अत्यन्तै जोखिमपुर्ण भएकाले बिरामिपर्दा मृत्यु कुरेर बस्नु बाहेक अन्य कुनै बिकल्प नरहेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय रमानन्द उपाध्यायले बताउनुभयो । “यदि कुनै गम्भिर प्रकृतिका बिरामि भएभने पनि उपचारको लागि जिल्ला बाहिर लैजान नसक्ने अवस्था रहेको छ”उहाँले भन्नुभयो
यातायातको साधन नहुँदा डोल्पाको एकमात्र जिल्ला अस्पतालले जिल्लामै उपचार सम्भव नभएपछि उपचारकालागि जिल्ला बाहिर लैजान रिफर गरिएका बिरामिहरु समेत रोग पालेर बस्नुपर्ने बाध्यता रहको उपाध्यायले बताउनुभयो ।
मसिनेचौर विमानस्थल सुचारुगर्न आग्रह
डोल्पामा यातायातको अर्को विकल्प मसिनेचौर विमानस्थल संञ्चालन गर्नकालागि डोल्पालीले आग्रह गरेकाछन् ।
डोल्पामा हवाई जहाज नहुँदाको पिडालाई मध्येनजर राख्दै उक्त मसिनेचौर विमानस्थलमा हवाईजहाज संञ्चालन गर्न नागरिक उडड्यन प्राधिकरणलाई समेत आग्रह गरिएको छ ।
“निर्माणकार्य सम्पन्न भईसकेको मसिनेचौर विमानस्थमा हवाई सेवा सुचारुगर्न प्रधानमन्त्रीलाई पत्र लेखियो,हेलो सरकारमा गुनासो टिपाईयो तर सुनुवाई भएन”नागरिक अगुवा सुरेन्द्र ढकालले भन्नुभयो ।“हामी पनि राज्यका नागरिक हौ,हाम्रा समस्या गुनासाहरु पनि राज्यले सुनिदिनु प¥यो”उहाँले थप्नुभयो ।
“मसिनेचौरमा जहाव बसाल्न जिल्ला प्रशासनले समेत औपचारिक हिसाबमा नागरिक उडड्यनलाई तत्कालिन समस्या सहित पत्राचार ग¥यो तर पनि सुनवाई भएन्,उपचार नपाएर मान्छे मरिसके,गुणस्तरिय शिक्षा लिन जिल्ला बाहिर जाने बिद्यार्थीहरु अलपत्र परेकाछन् ,बिरामि,सुत्केरी मृत्यु कुरेर बसिरहेकाछन् अझ राज्यले सुनिरेको छैन् कि सुनेर पनि नसुनेको भान गरिरहेको छ” नागरिक अगुवा ढकालले पश्न गर्नुभयो ।
राज्यको करोडौँ रकम खर्चभईसकेको मसिनेचौर विमानस्थलमा हवाई सेवा सुचारु गराउन डोल्पाली जनताले सामुहिक आग्रह गरेकाछन् ।
दैनिक उपभोग्य बस्तु अभाव
डोल्पामा दैनिक उपभोग्य सामाग्री ढुवानीको माध्यम जहाज बन्द भएपछि खाद्यान्नको अभाव भएको छ ।चामल नुन तेल देखि भौतिक संरचना निर्माणका सामाग्रीहरु समेत जहाज र खच्चडबाटै ढुवानी गर्ने गरिएकाले जहाज बन्द भएपछि अहिले खाद्यान्नको अभावहुनुका साथै ढुवानी ठप्प भएको छ ।
दुनै,त्रिपुराकोट,लिकु,जलगाएतको खाद्यन्नको जुफालमा मुख्य बजारमा अभाव भएको छ ।दैनिक उपभोग्यबस्त ढुवानीको माध्यम जहाज र खच्चड बन्द हुनाले डोल्पालीले विभिन्न का खाद्यन्न अभाबमा विभिन्न समस्या झेल्दै आएकाछन् ।
महंगीको चरम मारमा डोल्पाली
पछिल्लो समयमा डोल्पा महंगीको चरम मारमा परेको छ ।जहाज र खच्चड दुईवटै ढुवानीका माध्यमामा बन्द भएपछि डोल्पामा दैनिक उपभोग्य बस्तुहरुको अभाव भई महंगी बडेको डोल्पालीहरुले बताए ।डोल्पामा सामान ढुवानीको कुनैपनि माध्यम चालु नहुँदा जिल्लामा नाकाबन्दीको अवस्था सिर्जना भएको छ । व्यापारीहरुले पैसा कमाउन दोब्बर तेब्बर मुल्य उठाउँदै गएपछि डोल्पामा महंगीले चरम सिमा नाघेको ठुलीभेरीका स्थानीय ओममगरले जानकारी दिनुभयो ।सामानको बड्दो मुल्यले सर्वसाधारण मारमा परेको बुढाको भनाई छ ।जहाज बन्द हुनुका साथै जाजरकोट डोल्पा सडकखण्डको बिष्फोटन कार्यलाई तीब्रता दिईएपछि जोखिमयुक्त बाटोबाट खाद्यान्न ढुवानीगर्न समस्याहुने गरेको खच्चड व्यबसायीले जनाएकाछन् ।
यस पटक चामल,तेल,नुन लगाएतका सामानहरुमा तेब्बर चौबल मुल्य परको मगरको भनाई छ ।कतिपय व्यापारीहरुले बजारमा कृतिम अभाव सिर्जना गरि उपभोक्ता ठगीरहको समेत उहाँको आरोप छ ।
यसरी जनता सबै प्रकारको समस्याबाट ग्रस्तहुँदा हुँदा समेत सरोकारवाला निकायको ध्यान जानन सककेकोमा उहाँले दुख ब्यक्त गर्नुएभयो ।
“बजामा सामान छैन् भएको सामान पनि छोइनसक्नु छ,बिरामि पर्दा कतै जाने ठाउँ छैन् डोल्पा साच्चिकै प्राकतिक जेलजस्तै भएको छ ”मगरले भन्नुभयो ।
यदी कुनै हेलिकोप्टरबाट सामान ल्याउने हो भने एक किलो सामान बराबरको एक सय पचहत्तर तिर्नुपर्ने बाध्यता रहेका मगरको भनाई छ ।










