सनातन धर्मप्रति प्रति डोल्पालीको अटुट आस्था, तीर्थाटनको लागि यसरी जान्छन् डोल्पाली ल हेर्नुहोस मनमोहक दृष्यहरु ! (फोटोफिचर)

श्रावण महिना लागे स“गै डोल्पाका स्थानीय मन्दिरहरुमा भक्तजनहरुको घु“ईचो लाग्ने गर्दछ ।साउन पुर्णिमाको अवसरमा यहा“का स्थानीय मन्दिरहरुमा बिशेष पुजाआजा हुने गर्दछ ।यसकालागि डोल्पालीहरु आफुले मान्ने देउताका धामि(पुजारी)स“गै तीर्थयात्रामा जाने गर्दछन् ।हप्तौ हि“डेर देउता स“ग तीर्थयात्रागर्न जानाले मनोकाङ्क्षा पुराहुने अडिक जनविश्वास रहिआएको छ ।तीर्थालुहरु विभिन्न समस्या झेल्दै तीर्थयात्राका लागि जाने गरिन्छ ।हरेक बर्ष श्रावण महिना भित्रै तीर्थयात्रा गरिने गर्दछ ।डोल्पालीहरु तीर्थाटनका लागि यहा“का तामेगाड, व्यासऋसी, मुकुटेश्वर, सुनदह,जगदुल्ला लगाएतका मुख्य तीर्थस्थलहरुमा पुग्ने गर्दछन् ।स्थानीय देउतास“गै तीर्थयात्रामा गएपछि मागेको बरदान पाईने र त्यो जीवनमा पुराहुने विश्वास रहेको छ ।

तस्बिरःरामचन्द्र न्यौपाने





error: Content is protected !!