विश्वास गुमाउदैँ ग्रामीण स्वास्थ्य संस्था

जाजरकोट । साविकको पैक २ का रामवहादुर कामीको घरवाट स्वास्थ्य संस्था पुग्न ४ घण्टा पैतल हिडेर पुगिन्छ । हैरान गरेर पुगेपनि प्रयाप्त औषधी र उपकरणको अभावमा विरामीको जाँच भरपर्दो हुँन सक्दैन् । भरपर्दो उपचार नहुँदा निराश भएका विरामीहरु दुई दिन पैतल हिडेर जिल्ला सदरमुकाममा आएर नेपालगन्ज जाँनुपर्ने वाध्यता रहेको कामीको भनाई छ ।

स्वास्थ्य संस्था भन्दा वढी समय जिल्ला सदरमुकाममा तालिम र गोष्टीमा यहाँका स्वास्थ्यकर्मीहरु व्यस्त हुँने स्थानीयको भनाई छ । स्वास्थ्य संस्थामा औषधी र उपकरण नभएका कारण उपचार गर्न समस्या छ भनेर विरामीकै अगाडी स्वास्थ्यकर्मीले वताउदै आएपछि निराश भएका विरामीहरु स्थानीय स्वास्थ्य संस्था भन्दा धामीकोमा पुग्ने गरेको त्रिवेणी नलगाड ९ का दलवहादुर डिसीले वताउनुभयो । पेट ,टाउको, हात छामेर गरिने उपचारको विश्वास गुम्दै गएको स्थानीयको आरोप छ । सरकारले प्रयाप्त उपकरण र औषधीको व्यवस्था नगर्दा सम्म ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्थानीयले सजिलै विश्वास गर्न नसक्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ ।

साविकको नायकवाडा गाविस वडा ५ कि रामकुमारी सिंह नजिकको स्वास्थ्य नगएर सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुग्नुभएको छ । उहाँ भन्नुहुन्छ समयमै स्वस्थ्य संस्था नखोल्ने ,खोलेपनि कार्यालय सहयोगी मात्र हुन्छन् स्वास्थ्य संस्थामा जाँनै मन लाग्दैन् । चिनेको मान्छे भएमा अलि वढी केर गरेर जाँच गरिन्छ नत्र खासै ध्यान दिएको देखिदैँन सिंहले गुनासो गनुभयो । पुरानो संस्कार र संस्कृतीले गाँजेको ग्रामीण वस्तीमा सामान्य विरामी भएमा स्वास्थ्य नलिने , जीवन र मरणको दोसाधमा पुगेपछि स्वास्थ्य संस्थामा लिने चलनले गर्दा अधिकांश स्थानीयको उपचार गर्न ल्याउदा वाटोमै ज्यान जाने गरेको छ ।

पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा र भएका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मीको उपस्थिती नहुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाले विश्वास गुमाउदै गएको स्थानीयको आरोप छ ।
पैसाको अभावमा रोग पालेर वस्ने संस्कारका कारण समयमा उपचार नपाउँदै अधिकारको अकालमै मृत्यू भएको पाईन्छ । केही समय अगाडी जिल्ला अस्पतालको आयोजनामा पैक गाविसमा भएको स्वास्थ्य शिविरमा पुगेका डाक्टर भुपेन्द्र जंग मल्लको अनुभव सुनाउँदैँ भन्नुहुन्छ — औषधी, उपकरण नभएका कारण अधिकांश विरामीहरु स्वास्थ्य संस्था भन्दा धामीकोमा गएको पाईयो , स्वास्थ्य संस्था आएर भरपर्दो उपचार नपाएपछि आफुहरु धामीको सरणमा पुग्नु अन्तिम विकल्प भएको विरामीले सुनाएका छन् । स्वास्थ्य संस्था ल्याउदा , ल्याउदैँ ४ जनाको मृत्यू भएको नमिठो कुरा विरामीले सुनाएको डाक्टर मल्लको भनाई छ ।





error: Content is protected !!