अमेरिकी सैनिक नै आईएस समर्थक, तालिम दिने गरेको खुलासा

 लस एन्जेलस । एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ ।

अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले सो जानकारी दिएको छ । उक्त निकायले दिएको जानकारी अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ ।

उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिम समेत दिने गरेको प्रमाण भेटिएको सेनाले अमेरिकी सेनाले जनाएको छ ।

हवाइको राजधानी सहर होनोलुलुमा रहेको उनको निवासबाट उनलाई शनिबार साँझ एफबिआइका अधिकारीहरुले पक्राउ गरेका बताइएको छ । उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको कार्यमा सेवा गर्र्दै आएका थिए । सोही कार्यमा खटिएको समयमा उनले आइएसलाई सहयोग गरेको पाइएको थियो ।

उनलाई सन् २०१० मा इराकमा र सन् २०१४ मा दुई वर्षसम्म अफगानिस्तानमा खटाइएको थियो । ती देशमा उनले सेवा गरेर अमेरिका फर्केका थिए । उनीमाथि केही महिनायतादेखि निगरानी राखिएको र उनले आइएसलाई सहयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको जानकारी एफबिआइका अधिकारीले दिएका छन् । – सिन्ह्वा





error: Content is protected !!