६ सय १४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएनन्

सुर्खेत। पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा सहभागी भएका सुर्खेतका उम्मेदवार मध्ये ६ सय १४ जनाले निर्वाचनमा गरेको खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार ९ वटा स्थानीय तहका २ हजार ११ जना उम्मेदवार मध्ये १ हजार ३ सय ९७ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

खर्च विवरण बुझाएका मध्ये एक हजार दुई सय २० जना उम्मेदवारले आयोगले तोकेको समय भित्र बुझाएका छन् भने एक ७७ जना उम्मेदवारले समय सकिएपछि खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुलाई बारम्वार ताकेदा गरिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताइन् । मत परिणाम आएको दिनदेखि ३० दिन भित्र निर्वाचन खर्च नवुझाउने दल वा दलका उम्मेदवारलाई १५ हजारसम्म जरिवान गरिने व्यवस्था भएको उनको भनाई छ ।

सुर्खेतमा अधिकांश दलका उम्मेदवारहरुले खर्च विवरण वुझाइ सकेको र केहि उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेकाहरुलाई बारम्वार जानकारी गराइ रहेको उनले बताइन् ।

निर्वाचनमा गरिएको खर्च विवरण सम्वन्धित निर्वाचन कार्यालयमा बुझाउनु पर्छ भन्ने बारे उम्मेदवारलाई जानकारी नभएका कारण खर्च विवरण बुझाउन बाँकी उनले बताइन् । उनले यस अघिका निर्वाचनमा खर्च विवरण बुझाए हुने व्यवस्था थियो भने अहिले खर्चको विवरणलाई पुष्टी हुनेगरि विल भौचर समेत उपलब्ध गराउनु पर्ने भएकाले उम्मेदवारहरुले विवरण बुझाउन ढिलाइ भएको हुनसक्ने बताइन् ।

निर्वाचनका वेला हुने पटके तथा कार्यकर्ताले गरेका खर्चहरुको विल भरपाई ल्याउन दलका उम्मेदवारहरुलाई अलि कठिनाइ जिल्ला निर्वाचन अधिकारी थापाले बताइन् । निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्थाको वारेमा ज्ञानको कमिले गर्दा पनि उम्मेदवारहरुले खर्च विवरण कम बुझाउने गरेको जिल्ला निर्वाचन अधिकारी थापाको भनाई छ ।

सुर्खेत ५ नगरपालिका र ४ गाउँपालिका गरी ९ वटा स्थानीय तह पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो । सुर्खेतको ९ वटा स्थानीय तहमा ५ सय १३ पदका लागि १६ वटा राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदावर गरी २ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
खवर ईरावाट ।





error: Content is protected !!