डोल्पामा पहिलो पटक व्याच राष्ट्रिय सेवादल तालिम सुरु

    रामचन्द्र न्यौपाने

, दुनै(डोल्पा)२३ असार , शुक्रवार देखि सदरमुकाम दुनैमा पहिलो पटक सि.सं ४४ एन.सी.सी व्याच राष्ट्रिय सेवा दल जुनियर तालिम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गर्नुभएको थियो ।
नेपाली सेना अन्तर्गत रहेको राष्ट्रिय सेवा दलले डोल्पा जिल्लामा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको काली दत्त गुल्म सुलिगाडका गुल्मपती भगवान थापामगरले जानकारी दिनुभयो ।
उक्त तालिममा छनोट भएका बिद्यार्थीहरुलाई जम्मा एक सय दिन मध्ये उनानब्बे दिन डोल्पामै राखिने र एक्काईस दिन जिल्ला वाहिर लगेर प्रक्षिण दिईने गुल्मपती थापामगरको भनाई छ ।
एकसय दिनको अवधिमा छनोट भएका बिद्यार्थीहरुलाई विपद व्यबस्थापन, आत्म सुरुक्षा,समुहमा मिलेर कामगर्ने बानीको बिकास लगाएत देश र राष्ट्रप्रति अनुशासित भएर कामगर्ने बानीको बिकासगर्ने यस तालिमको मुख्य उद्येश्य रहेको उहाँको भनाई छ ।





error: Content is protected !!