सयौँ रोपनी धान र मकै वाली पहिरोले वगायो

जाजरकोट । यहाँको त्रिवेणी नलगाड १३ दहमा गएराती आएको पहिरोले सयौँ रोपनीमा लगाएको धान र मकै वाली नष्ट भएको छ ।
जिल्लाको अति दुर्गम ठाउँमा रहेको यो दहमा करिव ४ घण्टा लगातार आएको पानीले माथी वाट आएको पहिरोले ३५ घरधुरीको अन्नवाली लगाएको सवै जमिन वगाएको स्थानीय शिक्षक सुक्रराज सिंहले जानकारी दिनुभयो । उत्पादन कम हुँने उत्पादित अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयलाई पहिराले थप पिडा दिएका पिडित किसान मगु गिरीले वताउनभयो ।
पहिरोले जाजरकोट डोल्पा सडक खण्ड समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध संगै यात्रुहरु समस्यामा परेका छन् ।










