माओवादी चुकेको होईन चुकाएको हो

             कालीवहादुर मल्ल
यता स्थानिय तह को परिणाम आउने क्रम झणडै अन्तिम चरणमा पुगेको छ,उता परिणा हेर्दै धेरै सिट जित्ने पार्टि नाक फुलाउदैछन।भने कम सिट जित्हरु खास गरि माआवादी केन्द्र जो ०६४ को चुनाव मा धेरै ठुलो पार्टको रुपमा अगाडि आएको थियो लाई विभिन्न कोण बाट विश्लेषण गरिदैछ।पार्टी भित्र र बाहिर बाट उस्तै टिप्पणी भई रहेकाछन् कि माआवाी कहाँ चुक्यो
माओवादी चुकेको होईन बरु चुनाव हुन नदिएर संसदको म्याद सिध्याई देशमा संबैधानिक शुन्यता,आराजकता ,अन्यौलता ,जनतामा निराशा पैदागरि नेपाल लाई आफ्नो अनुकुल बनाई राख्न चाहाने छिमेकी र यहि परिस्थिति लाई आफ्नो पक्षमा पार्न खोज्ने प्रतिगमनकारी तत्व को पक्षमा उभिन खोज्ने लाई सहमतिमा ल्याएर चुनाव सम्भव बनाई संविधान कृयान्वयन गराउनु माआवादीको लागि फलामको च्युरा थियो जो पहलो भाग पूरा भयो।
यशकारण माओवादी चुकेन बरु आफ्नो रणनीति मा अरु लाई चुकायो जसले यो चाहादैन्थे।चुनाव त फेरि आउछन तर कुन संविधान अन्तर्गत रुबरु अहिले को परिणाम लाई पार्टी निर्माण को आधार बनाई सबै योजना सहित फिल्डमा खट्नु पर्छ।
जहासम्म चुनाव नतिजा को कुरा छ यसमा अरुलाई मनपराएर होईन माओवादी का केही शैली मन नपाएर पनि हो।कतिपय कुरामा संसदिय पार्टी र माआवादी मा फरक नदेखे पछि पनि यो मत आयो।
अर्को कुरा ०६४ को माआवादी अहिले पनि ४ भागमा छ।अन्य समूह को आफुले जित्ने मत नभए पनि माआवादी केन्द्र हराउने मत काफि छ।जस्तो माओवादी १९ तरमत देखि ३५० मत ले झण्डै ५५ स्थानमा हारेको छ।त्यो मत ३ अन्य समूह संग छ।
तेस्रो कुरास्(बहिष्कार गर्ने समुहले केवल माओवाद केन्द्र लाई बहिष्कार गरेको प्रष्ट छ।किन भने बहिष्कार नगर्दा ६७ प्रतिशत मत खस्छ तर बहिष्कार गर्दा ७७ प्रतिशत मत खस्छ,यो भन्दा अर्को उदाहरण के हुन सक्छ
चौथो कुरा आफ्ना एजेन्डामा जनता लाई प्रशिक्षण गर्न नसक्नु,नेताहरु ले फिल्ड सम्हाल्नु भन्दा मुख्य नेतृत्व लाई काम मा डिस्टर्व गर्ने र काठमाडौ नछाड्ने
पनि एउटा कारण हो।
त्यस्तै प्रतिकृयावादी का भ्रामक कुरा को खण्डन गर्न अन्य नेताहरुले जिम्मेवारी नलिने र प्रचण्डले नै त्यो काम गर्दा मुख्य बिषय छुट्नु पनि यो परिणाम का कारण हुन।
यति हुदा हुँदै पनि देश र परिवर्तन मुद्दा ले जितेको ले निराश हुनु पर्ने ठाउँ देखिदैन बरु सबै चिन्ता र गम्भीरता का जनतामा जाउ बाकि चुनाव को भरपुर तयारि गरौं।





error: Content is protected !!