खाँदबारी नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेस र सदस्यहरुमा एमाले विजयी

नविन गुरुङ

संखुवासभा    , संखुवासभाको खाँदबारी नगरपालिका–१० वडामा कांग्रेस विजयी भएको छ । १ हजार ३ सय २५ मत खसेकोमा कांग्रेस वडा अध्यक्ष केशब थापाले ५ सय ७५ मत ल्याएर विजयी भएका हुन् । एमालेका बेदबहादुर चौहानले ५ सय २५ मत ल्याए ।

वडाका सदस्यमा भने एमालेका उम्मेदवारहरु विजयी भएका छन् । १६ मत बदर भएको थियो ।

मेयरमा एमालेको अग्रता
मेयरमा एमालेका मुरारी खतिवडाले ५ सय ६८ मतसहित अग्रता लिएका छन् । कांग्रेसका महेश थपलियाले ५ सय २१ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसकी निर्मला तामाङले ५ सय ६८ मत ल्याएकी छिन् भने एमालेकी डेगेश्वरी श्रेष्ठले ५ सय ३२ मत ल्याएका छन् ।





error: Content is protected !!