दाङमा माओवादीको दोस्रो जित

 दाङ – दोस्रो चरणको स्थानीय तहमा माओवादी केन्द्रले दाङमा दोस्रो जित निकालेको छ ।

गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस अघि दाङको राप्ती गाउँपालिका–९ मा माअ‍ोवादी केनद्रका रीमबहादुर सुनारीमगर २०१ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।

यस अघि माओवादीले भोजपुरमा वडा अध्यक्ष जितेको छ । रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।





error: Content is protected !!