शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउने पर्ने निर्णय

जाजरकोट । जिल्लाका सवै शिक्षकका छोराछोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटले वुधवार गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा यस्तो निर्णय गरिएको छ ।
जिल्लाका ३ नगरपालिका , ४ वटा गाउँपालिकाका प्रमूख तथा उपप्रमूख ,मेयर,उपमेयर ,प्रअ , अन्य सरोकारवाला निकायको उपस्थितीमा यस्तो निर्णय गरिएको हो । सामुदायिक विद्यालय सुधार गर्न स्वायम शिक्षक नै क्रियाशिल हुनुपर्ने वलियो माग उठेपछि जिल्ला शिक्षा कार्यालयले सवैलाई यसमा सहभागी गराउँदै हस्ताक्षर गर्न लगाएको हो । कार्यक्रममा २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउने जनप्रतिनिधीले निर्णय गरेका छन् । जिल्ला शिक्षा योजनालाई प्रमूख शैक्षिक योजनाको रुपमा कार्यन्वयन गरि जिल्लालाई शैक्षिक पर्यटनको गन्तव्य रुपमा विकास गर्ने , शैक्षिक अनियमितता अव्यवस्था र अनियमितताका विरुद्ध शुन्य सहनशिलता नीति लिने निर्णय गरिएको छ ।
त्यस्तै कार्यसम्पादनका आधारमा शिक्षक,कर्मचारी ,विद्यार्थी ,र अभिवावकलाई पुरस्कृत र दण्डित गर्ने निर्णय समेत गरिएको छ । निरन्तर शिक्षा र सामुदायिक सिकाई केन्द्रको प्रर्वद्धन गर्ने , २०७४ भित्र हरेक गाउँपालिका र नगरपालिकाले नमुना विद्यालय घोषणा गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । कालिका मावि वुटवल का प्रधानाध्यापक घनश्याम पाठक ले आफ्नो विद्यालयको विकास र शैक्षिक रुपमा गरेको सफलताको कथा सुनाउनु भएको थियो ।










