वडा स्तरीय वाल संजाल निर्माण

जाजरकोट , भेरीनगरपालीका वडा नं १ को वडा स्तरीय वाल संजाल निर्माण गरीएको छ । स्थानिय तहको नयाँ संरचनाअनुसार पहीलो पटक निर्माण गरीएको वडा स्तरीय वाल संजालमा वडा नं १ स्थीत शिव मा.वि. कालेगाउँको नव श्रृजनशील शान्ति वाल क्लव , भेरी त्रिवेणी मा.वि. रिम्नाको त्रिवेणी शान्ति वाल क्लव र वागेश्वरी आधारभुत विद्यालय पिपेको भेरी नमुना शान्ति बाल क्लव मा रहेका क्लवका वालवालीकाहरुको सहभागीता रहेको छ ।
महीला तथा वालवालीका कार्यालय जाजरकोटको आयोजना र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको युवा तथा वालवालीका सशक्तिकरण परियोजनाको प्राविधीक सहयोगमा भेरी नगरपालीका १ को वाग्यस्वरी आधारभुत विद्यालय पीपे मा आयोजना गरीएको भेला वाट संजाल निर्माण गरीएको हो । भेरी त्रिवेणी मा वि का छात्र खीमराज रानाको अध्यक्षतामा गठन भएको संजालको उपाध्यक्ष र सचिवमा शीव व्यावशायिक मा.वि कालेगाउँ का छात्रा सपना नेपाली र छात्रा कमला डीसी, कोषाध्यक्ष र सह सचिवमा वाग्यश्वरी आधारभुत विद्यालय पीपे का पवित्रा राना र वहादुर राना ,सदस्यहरुमा निर्मल जं राना, शुशीला थापा, शर्जन विक, शैलेन्द्र राना, वविता राना र ओम वहादुर खत्री रहेका छन ।
कार्यक्रममा केन्द्रीय वाल कल्याण समितिका वाल अधिकार श्रोत व्यक्ती डम्वर वहादुर रोकायाले संजाल गठनको उध्यश्य, यसले वडामा निर्वाह गर्नुपर्ने भुमीका, वाल अधिकार का आधारभुत अवधारणाका वारेमा सहजीकरण समेत गर्नु भएको थीयो । नवनिर्वाचीत अध्यक्ष र उपाध्यक्ष ले आफुहरु ले सवै वालवालीकाहरुको हकहीतको लागी सम्वन्धित निकायमा आवाज उठाउने र आफुहरु पनि वाल अधिकारको संरक्षणका क्षेत्रमा सक्रियताका साथ अगाडी वढ्ने प्रतिवद्यता राखेका थीए ।
वाग्यश्वरी आधारभुत विदालय पीपे का विव्यस अध्यक्ष दल वहादुर रानको अध्यक्षतामा सम्पन्ना भेलामा वडा नं १ का महीला सदस्य विमला वस्नेत ,वाल अधिकार श्रोत व्यक्ती केन्द्रीय वाल कल्याण समिति डम्वर वहादुर रोकाया, यार्सन जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव वस्नेत, महीला तथा वालवालीका कार्यालय की सहायक महीला निरीक्षक इन्दीरा नेपाली ले नव निर्वाचीत संजाल लाइ शुभकामना मनतव्य दीनुका साथै आफ्नो तर्फ वाट संजालको विकासको लागी सहयोग गर्ने प्रतिवद्यता जनाएका थीए । यो जाजरकोटमा निर्माण भएको पहीलो वडा स्तरीय संजाल भएको महीला तथा वालवालीका कार्यालयकी प्रमुख पंकजा कुमारी जोशी ले जानकारी दीनु भएको छ ।










