जाजरकोटको जिल्ला शिक्षा कार्यालयले ७ वुद्धे शैक्षिक सुधारको मार्ग चित्र सहित जनप्रतिनिधीलाई सम्मान गरयो ।

जाजरकोटको जिल्ला शिक्षा कार्यालयले ७ वुद्धे शैक्षिक सुधारको मार्ग चित्र सहित जनप्रतिनिधीलाई सम्मान गरयो ।

जाजरकोट जिल्लाको शैक्षिक बिकास गर्न जिल्ला शिक्षा अधिकारीलाई असला माछा बन्न कालिका आदर्श माध्यामिक विद्यालय, रुपन्देहीका प्रअ घनस्याम पाठकले अनुरोध गरेका गरेका छन् । जिल्ला सदरमुकाम खलंगामा बुधवार आयोजित शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै प्रअ पाठकले यस्तो अनुरोध गरेका हुन ।
जिल्ला शिक्षा कार्यालयको अनुदानमा निर्माण गरिने बिद्यालय भौतिक संरचना बितरणमा आर्थिक प्रलोभन वा राजनैतिक दबाबमा परेर जिल्ला शिक्षा अधिकारीले निर्णय गर्न नहुने कालिका आदर्श माध्यामिक विद्यालय, रुपन्देहीका प्रअ घनस्याम पाठकले वताए । जिल्लाको शैक्षिक सुधार तथा शैक्षिक बिकासका लागि बगिरहेको नदिभित्र पानीको बाहाब बिपरित दिशामा हिड्न सक्ने असला माछा जस्तै बन्न जिल्ला शिक्षा अधिकारीलाई प्रअ पाठकले अनुरोध गरे ।
जिल्ला शिक्षा कार्यालयले थालनि गरेको शैक्षिक सुधार अभियानमा सरोकारवाला सबैलाई लाग्न अनुरोध गर्दै प्रअ पाठकले भने–“शैक्षिक गुणस्तर वृद्धी गर्न सर्वप्रथमतः शिक्षक र विद्यार्थीहरु समयमै विद्यालयमा उपस्थित हुनु पर्ने, समयमै विद्यालयमा पाठ्यपुस्तकहरु पुर्याउनुको साथै वितरण गर्नु पर्दछ ।” परिक्षा प्रणालीमा सुधार गर्नु पर्ने वताउदै “परिक्षा प्रणाली नसुधार्दा सम्म बच्चाहरुको पढ्ने बानीको बिकास नहुने” प्रअ पाठकले ठोकुवा गरे ।
विद्यालयमा पठनपाठनमा सुधार नगरि शैक्षिक गुणस्तर हासिल गर्न नसकिने वताउदै प्रअ पाठकले भने–“पठन पाठनलाई सुधार नगरेर भौतिक संरचना निर्माणले मात्र जिल्लाको शैक्षिक विकासले गति लिन सक्दैन ।” घार भित्रको मौरीले मह लगाएन भने घारको मात्र कुनै काम नहुने उदाहरण समेत प्रअ पाठकले प्रस्तुत गरे । शिक्षक नियुक्तिमा निस्पक्षता हुनु पर्ने वताउदै प्रअ पाकले भने–“विद्यालयले श्रोत व्यबस्थापन गरेर सबै शिक्षकहरुमा प्रयाप्त आईटी ज्ञान पनि हुनु पर्दछ ।”
विगत तीन चार बर्ष पहिला देखि लगातार रुपमा देशकै प्रथम नतिजा हासिल गर्दै आइरहेको कालिका आदर्श माध्यामिक विद्यालय, रुपन्देहीले गर्दै आएका सफल अभ्यासहरुको क्रमशः प्रअ पाठकले जानकारी गराए । उनले कालिका आदर्श माध्यामिक विद्यालयमा कोचिङ्ग तथा टिउसनको अन्त्य गरेका छौं भने–“मासिक, त्रैमासिक, अर्धबार्षिक र बार्षिक परिक्षा गराउछौं, शिक्षक, विद्यार्थीहरु विद्यालय समय भन्दा १५ मिनेट पहिलानै विद्यालयमा उपस्थित हुन्छौं र विद्यालय समय भन्दा एक घण्टा पछि सम्म अतिरिक्त कक्षा सञ्चालन गर्छौं, परिक्षामा प्रथम, द्धतिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्छौं, फेल हुने विद्यार्थीका अभिभावकलाई जरिवाना गराउछौं र फेल भएका विद्यार्थीलाई मौका परिक्षा दिने अबसर प्रदान गरेका छौं ।”
त्यसैगरि उक्त कालिका आदर्श माध्यामिक विद्यालय ब्यबस्थापनका लागि विभिन्न बिषयमा उपसमितिहरु गठन गरेका छौं प्रअ पाठकले भने–“कक्षा गत हेड शिक्षकहरुको व्यबस्था गरिएको छ, प्रत्येक कक्षामा कक्षा लिडर तोकेर कक्षामा शिक्षकहरुको रेकर्ड राख्ने व्यवस्था गरिएको छ, आमा अभिभावकलाई प्रशिक्षण दिने गरिएको छ, विव्यस, शिक्षक, विद्यार्थीहरुको सहभागितामा विद्यालय सुधार योजना निर्माण गरिन्छ, शिक्षक, विद्यार्थी, विव्यसको संयुक्त अन्तरक्रिया, अनुगमन, मुल्याङ्कण तथा सुझाव संकलन गरिन्छ, उत्कृष्ट अभिभावकलाई सम्मान गरिन्छ, उत्कृष्ट शिक्षकलाई सम्मान गरिन्छ, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिन्छ ।”
विद्यार्थीहरुलाई ब्यबहारिक शिक्षा तथा ज्ञान दिनलाई प्रकृति विज्ञान र समाज विज्ञानलाई जोडेर पढाउनु पर्ने प्रअ पाठकले वताए । विद्यालय सुधारका लागि प्रजातान्त्रीक निर्णय र निरंकुश कार्यन्वयन हुनु पर्नेमा प्रअ पाठकले जोड दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका ७ वटै स्थानिय तहमा निर्वाचित जन प्रतिनीधिहरुलाई बधाई तथा शुभकामना दिनुका साथै अविर र खाता ओढाएर सम्मान गरिएको थियो । ७ वटै स्थानिय तहका जननिर्वाचित प्रमुख तथा अध्यक्षहरुले उक्त अन्तरक्रिया कार्यक्रममा प्रतिवद्धता मुलक भनाई राखेका थिए ।
कार्यक्रमका सहभागि सबैले जिल्लाको शैक्षिक विकासका लागि ६ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएका थिए । उक्त ६ बुदे प्रतिबद्धता पत्रमा १०शिक्षा बिकासको पहिलो आधारको रुपमा प्राथमिकतामा रहनेछ, शिक्षामा २० प्रतिशत बजेट बिनियोजन गर्नेछौं । २० जिल्ला शिक्षा योजनालाई प्रमुख शैक्षिक योजनाको रुपमा कार्यन्वयन गरि जिल्लालाई शैक्षिक पर्यटनको गन्तव्य जिल्ला बनाउने प्रयास गर्ने छौं । ३० शैक्षिक अनियमितताका बिरुद्ध शुन्य सहनसिलताको नीति लिनेछौं । ४० कार्यसम्पादनका आधारमा शिक्षक, बिद्यार्थी, कर्मचारी र अभिभावकलाई पुरस्कृत र दण्डित गर्ने नीति लिनेछौं । ५० निरन्तर शिक्षा, सामुदायिक सिकाई केन्द्रको प्रबद्र्धन गर्नेछौं । ६० सामुदायिक बिद्यालयमा न्युनतम सक्षमताको अबस्था बिकास गरि हरेक पालिकामा २०७४ भित्र नमुना बिद्यालय घोषणा गर्ने छौं, भन्ने बिषयहरु उल्लेख गरिएको छ ।
जिल्लामा पहिलो पटक भएको यस प्रकारको अन्तरक्रिया कार्यक्रमको आयोजना जिल्ला शिक्षा कार्यालय, जाजरकोटले गरेको थियो भने, आर्थिक सहयोग पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट तथा सेभ द चिल्ड्रेनको एकीकृत परियोजनाले गरेको थियो । कार्यक्रमा जनप्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, विद्यालय निरिक्षक, श्रोत व्यक्ति, विद्यालय प्रअ, विव्यस अध्यक्ष, नागरिक समाजका प्रतिनीधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।





error: Content is protected !!