लामो खडेरी पछिको बर्षातले डोल्पाली कृषक उत्साहित

दुनै(डोल्पा)  झन्डै चार महिना पछि भएको बर्षातले गर्दा डोल्पाली कृषकहरु उत्साहित भएकाछन् । बर्षातपछि जिल्लाका सँुँ,ल्हाँ,सर्मी त्रिपुराकोट ,पहाडा ,लिकु , कालिका , माझफाल, रह,तिप्ला,सहरतार,फोक्सुन्धो लगाएतका विभिन्न गाँउका सर्वसाधारणहरु उत्साहित भएकाहुन् ।
“बर्खे बालीको रुपमा लगाईएको मकै,कोदो,फापर,सिमी लगाएतका अन्नबालीहरु खेतबारीमा उम्रीसकेता पनि पानी नपर्दा सुक्न थालेका थिए,ढिलै भएपनि दुई दिन लगातार बर्षात भयो,सुख्खापनले गर्दा नउम्रेका अन्नबाली उम्रीनुको साथै उम्रेका अन्नबाली पनि हुर्कन सहयोग पुग्ने त्रिपुरा सुन्दरी नगरपालिका १ का कृषक भिम प्रसाद देबकोटाले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सम्पती बुढाका अनुसार यतिखेर परेको बर्षातले खेतबारीमा लगाईएको अन्नबाली उमार्नुको साथै उम्रीएका बिउहरुलाई हुर्कन मद्यत पुग्नेछ ।
यस पटकको बर्षातले अन्नबाली उत्पादनमा थोरै भएपनि सहयोग पुग्ने र असोजमा भित्रयाउने गरी लगाईएको बर्खे बाली पाकुन्जेल सम्म पटक–पटक बर्षात भयो भने अन्नबाली उत्पादनमा बृद्धिहुने प्राविधिक सहायक बुढाको भनाई छ ।
यतिखेरको बर्षातले गाँउ घरमा फैलिएको धुलो धुँवा नष्ट गराउनुको साथै बस्तुभाउका लागि डाँडापाखाहरुमा घासपात समेत उम्रने कृषकहरुले बताए ।रामचन्द्र न्यौपाने





error: Content is protected !!