बर्दियामा को अगाडि , को प्रतिस्पर्धामा ? बर्दियामा थारू समुदायको भोट निर्णायक कसले मार्ला बाजी ?माओवादी वाजी मार्लाकी

गुलरिया बर्दिया । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले शून्य समय सुरु भएपछि निर्णायक मत मानिएको थारू समुदायको मत आफ्नो पक्षमा पार्न दलहरूले निकै दौडधुप गरिरहेका छन् । जिल्लामा करिब ७३ प्रतिशत जनसंख्या थारू जातिको छ । जिल्लाको राजापुर,
बासँगढी, ठाकुरवावा, वारबर्दिया,,मधुवन,गुलरिया ,वढैयाताला,गेरुवा, क्षेत्र थारू बहुल क्षेत्र मानिन्छ । सदरमुकाम गुलरिया र ताराताल क्षेत्रमा अन्य जाति छन्।
प्रचारप्रसार सुन्य भएकोवेलामा थारु वस्ती निर्णायक वनेको छन् । बजार, गाउँ टोल जताततै साउन्ड सिस्टममा आआफ्नो पक्षका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्न अहिले सुन्न भएपछि घरभेटमा गर्दै दौडिएका छन् । जिल्लाको आठ स्थानीय तहमध्ये माओवादीले पाँच ५स्थानमा स्थानीय तह प्रमुखकोउम्मेदवार थारू समुदायबाट बनाएको छ । नेकपा एमालेले ३ तहको प्रमुख पदमा
थारू जातिलाई उम्मेदवार उठाएको छ । नेपाली कांग्रेसले २ स्थानमा थारू उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।
दलहरूले सुकुम्बासी बस्तीमा आफ्नो आफ्नो पकड रहेको बताए पनि यहाँका सकुम्बासीहरूले भने आफुहरू अब कसैको एकोहोरो इसारामा नचल्ने प्रतिक्रिया दिने गरेका छन् । थारू, मुक्तकमैया तथा सुकुम्बासी यसपालिको स्थानीय तह निर्वाचनमा सोच विचार गरेर भोट हाल्ने पक्षमा छन् । दलको ध्यान यतिखेर पुरै थारू बस्तीमा छ । यहाँका उम्मेदवारहरूले आफ्नो थारू समुदाय, सुकुम्बासी तथा मुक्तकमैया बस्तीमा केन्द्रित गरेका छन् । चुनाव जित्नका लागि थारू समुदाय र सुकुम्बासी तथा मुक्तकमैयाकै मत निर्णायक हुने ठहर गरेका
दलले अहिले थारू समुदाय र सुकुम्बासी जसरी पनि रिझाउने रणनीतिमा छन् ।
‘थारू बहुल क्षेत्रमा थारू समुदायको मन रिझाउन सकिएन भने सोचे जस्तो परिणाम आउँदैन । त्यसैले सबैको ध्यान थारू समुदायमै केन्द्रित भएको हो,’
नेकपा माओवादीकेन्द्र, एमालेको जिल्ला,काँगेसले सुनाए । थारू बस्तीमा बड्घर (अगुवा)लाई समाते बस्तीको पूरै भोट पाइन्छ । भन्ने
नेताहरूको बुझाइ रहेकाले बडघरलाई फकाउने नेताहरूको रणनीति रहेको छ । प्रमुख उपप्रमुखमा उम्मेदवार बनाउने क्रममा आफुहरूलाई प्राथमिकता नदिएको भन्दै थारू समुदायको अगुवाबाट गुनासो आइरहेका बेला उनीहरूलाई फकाउन
दलहरूलाई सकस भइरहेको छ । यस अघिका संविधान सभा चुनावमा सुकुम्बासी बस्तीमा राम्रो पकड बनाएको
माओवादी केन्द्र अझै पनि थारू समुदाय तथा सुकुम्बासीको भोट अन्त कतै नजाने दाबीमा छ । माओवादी केन्द्रले थारू तथा सुकुम्बासीलाई ‘जनयुद्धका साथी’ बताए माओवादीले थारु समुदायको मत आफनो पक्षमा रहेको दावी गरेका छन ।भने एमाले पनि एमालेले पनि पछिल्लो पटक थारू समुदायको मत आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । कांग्रेसले पनि थारू समुदायमा आफ्नो उपस्थिति राम्रो रहेको बताउँदै आएकोछ । थारू तथा सुकुम्बासीको मत तान्न दलहरूले थारूलाई प्रचारप्रसारमा अघि लगाएका थिए ।
जिल्ला विभिन्न फाँट तथा सुकुम्बासी बस्तीमा ९० प्रतिशत भन्दाबढी थारू समुदायका मानिस छन् । दलहरूले सुकुम्बासी बस्तीमा आफ्नो आफ्नो पकड रहेको बताए पनि यहाँका सकुम्बासीहरूले भने आफुहरू अब कसैको एकोहोरो इसारामा नचल्ने प्रतिक्रिया दिने गरेका छन् । थारू, मुक्तकमैया तथा सुकुम्बासी यसपालिको स्थानीय तह निर्वाचनमा सोच विचार गरेर भोट हाल्ने पक्षमा छन् ।
रासस मेनका चौधरी










