डोल्पाको मसिनेचौर विमानस्थललाई “प्लटिङ” गर्न माग

रामचन्द्र न्यौपाने
डोल्पा ,डोल्पामा हवाई यातायातको जुफाल विमानस्थल पछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थललाई डोल्पालीले ‘प्लटिङ’ गर्नदिन माग गरेकाछन् ।
काम विशेषले जुफाल विमानस्थल अवरुद्धहँुदा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने डोल्पालीको माग छ ।तर स्तरउन्नतीका लागि जुफाल विमानस्थल अव
रुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै उनिहरुको आक्रोस व्यक्त गरे ।
राज्यको करोडौँ लगानि भएर निर्माण सम्पन्न भईसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन राज्यले व्यवास्ता गरेपछि डोल्पालीले ठुलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नु भन्दा प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने उनिहरुले माग गरेकाहुन् ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पहाडामा पर्ने उक्त विमानस्थल निर्माणकार्य सम्पन्न भएर केही बर्ष अगाडी परिक्षण उडान समेत सफल भएर एक बर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाएपनि अहिले मसिनेचौर विमानस्थल आझेलमा परेकोमा डोल्पालीले दुख व्यक्त गरे ।
जुफाल विमानस्थल बन्दहुँदा पनि दुर्गमका जनतालाई आकस्मिक हवाई सेवा दिनको लागि दुई वटा विमानस्थल भएपनि समस्या पर्दा डोल्पालीलाई कुनै पनि विमानस्थल काम लाग्न नसकेको भन्दै उनिहरुले आक्रोस व्यक्त गरे ।
“दुईवटै विमानस्थल सञ्चालनमा नभएपछि अहिले उपचारको लागि जिल्ला वाहिर लैजानुुपर्ने गम्भिर प्रकार विरामिहरु समेत समस्यामा परेकाछन् भने अन्य काम विशेषले जिल्ला वाहिर जान ठुलो समस्या भएको छ” त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय पर्ण बहादुर बिष्टले भन्नुभयो ।
ठुलीभेरी नगरपालिका का स्थानीय सम्पती बुढाका अनुसार “अहिले उपचारको लागि अनिवार्य जिल्ला वाहिर लैजानुपर्ने विरामिहरु समेत मृत्यु कुरेर बसिरहेकाछन्,यातायातको केही पनि साधन नभएकाले काम विषेशले तत्काल जिल्ला वाहिर पुग्न नसकिने अवस्था छ ।तर निर्माणकार्य सम्पन्न भईसकेको मसिनेचौर विमानस्थल समेत नेपाल एअरलाईन्सले परिक्षण उडान गरेको छैन्” उहाले भन्नुभयो ।“दुर्गमका जनतालाई झनै राज्यले पनि हेपेको भान भएको छ,डोल्पामा भरपर्दो सुविधा दिँदै आएको तारा एअरलाईन्स पनि हरायो ”
“ज्ुाफाल विमानस्थल स्तरउन्नतीको लागि असार १ गते बन्द भएको छ,उक्त विमानस्थलमा काम सम्पन्न नहुन्जेल अर्को मसिने चौर विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन पाएतापनि अहिले सम्म सञ्चालनमा आएकोछैन्” त्रिपुरा सुन्दरी नगरपालिका स्थानीय लोकेश खत्रीले भन्नुभयो “कि त मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन नागरिक उड्डयन प्राधिकरणले कदम चाल्नु प¥यो होईन भने डोल्पा जस्तो खाद्यान्न अभावहुने ठाउँमा विमानस्थलमा प्लटीङ गरेर अन्नबाली लगाउन अनुमति दिनुप¥यो” ।
बर्षौ देखि डोल्पालाई विरामि पर्दा उपचारका लागि जिल्ला वाहिर लैजानु पर्ने अवस्थामा यातायातको साधन नपाउँदा अकालमै ज्यान गुमाएको र अहिले पनि त्यस्तो बिद्यमान रहेकोमा डोल्पलीले दुख व्यक्त गरे ।










