हावाहुरीले विद्यालयको छाना उठायो

जाजरकोट । यहाँको जनविकास आधारभुत विद्यालय त्रिवेणी नलगाड नगरपालिका ७ को हावाहुरीले छाना उडाएपछि समस्या भएको छ । गएराती आएको हावाहुरीले यहाँका तीन वटा विद्यालयमा छाएको टिनको छाना सवै उठाएपछि पढ्न पाठनमा समस्या आएको प्रधानाध्यापक गोरखवहादुर शाहले वताउनुभयो ।
शाहका अनुसार छाना पुरै पडाएको छ , विहान विद्यार्थीहरु खुल्ला आकाशमा पढ्न वाध्य भएका छन् । हावा हुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत व्यापक क्षेति भएको छ । विद्यार्थीहरु आकाश हेदै पढ्दै गरेको शाहले वताउनुभयो । विद्यालयमा लाख भन्दा वढीको क्षेति भएको छ ।
हेमन्त के सी रासस जाजरकोट










