छैन ब्लड बैंक, अपरेसनका लागि रगत चाहिए मध्यरातमा सेना–प्रहरी गुहार्नुपर्छ

मुगु – गत पौष महिनामा जिल्ला स्वास्थ्य कार्यालयमा उपचार हुन नसकेर नेपालगंज रिफर गरिएका मुगुका एकजना २२ वर्षीय युवाको नेपालगंज लैजाने क्रममा ताल्चा विमानस्थलमा रगतकै अभावको कारण मृत्यु भयो । रगत अभावकै कारण उनको मृत्यु भएको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरू बताउँछन् ।
यस्ता घटना कर्णालीवासीको लागि विवशता बन्न पुगेको छ । रगत अभावका कारण सामान्य अपरेसन गर्नका लागि पनि सेना, प्रहरी र कर्मचारी बोलाउनुपर्छ ।
दुर्गम हिमाली जिल्ला मुगुमा रगत संकलन केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीलाई समस्या परेको छ । एक अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र २४ वटा स्वास्थ्य चौकी रहेको मुगु जिल्लामा एउटा पनि ब्लड बैंक नहुँदा समस्या भएको हो । रातमा अत्यावश्यक अप्रेसन गर्नुपरे सेना र प्रहरीलाई राति गुहार्नुपर्छ ।
विसं २०४५ सालमा स्थापना भएको एकमात्र १५ शैयाको अस्पतालमा हाल सम्मपनि ब्लड बैंक स्थापना हुन नसक्नु मुगेली जनताको दुभाग्यको विषय भएको छ । सडक र हवाइ यातायात भरपर्दो नभएको मुगुमा ब्लड बैंक अति आवश्यक भएको सर्वसाधारणको भनाइ छ ।

शल्यक्रिया गर्नुपर्ने विरामीका लागि रगतको अभाव हुने चिकित्सकहरू बताउछन । सुत्केरी महिलामा गरीने (सिएस अर्पेशन) को लागि बढी रगत चाहिने गरेको र यो अती सम्वेदनसिल समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टर जितेन्द्र कडेल बताउछन ।
कुनै पनि अर्पेशनमा रगत चाहिने र आपतकालीन समयमा आइपर्ने समस्या भएको उनी बताउछन । ‘जुनसुकै बेला जे पनि हुन सक्छ रगत संचित गरेर राख्न जरुरी छ’ डा कडेलले लोकान्तरसंग भने, ‘यो त दुर्गम ठाउँ हो त्यसैले यस्तो ठाउको लागि रगत संकलन केन्द्र अति आवश्यक छ ।’
जिल्ला स्वास्थ्य कार्यालयमा रगतको आवश्यकता पर्दा नेपाली सेना, स्वास्थ्यकर्मी, र निजामती कर्मचारीहरूले रगत उपलब्ध गराउदै आएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा नेपाली सेना, प्रहरी र निजामती कर्मचारीहरूको नाम र ब्लड गु्रप सूचि सहित राखीएको र आवश्यकपर्दा बोलायर काम चलाउदै आएको चिकित्सकहरूले जानकारी गराए । हालजिल्ला स्वास्थ्य कार्यालयमा विशेष गरी महिलाको (सिएस) अर्पेशन, हाइर्डोशील, हर्नीया, इक्टोपीक, भ्याकुम र एपेन्डीसाइटीस जस्ता अर्पेशन सेवा संचालनमा छन ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले पनि रगत संकलन तथा व्यवस्थापनकालागि एकजना व्यवस्थापक कर्मचारी जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत छन् । जिल्लामा ब्लड बैंक अती आवश्यक भएकोले चाडो भन्दा चाडो स्थापनाको पहल गर्न रेडक्रसले माग गगरेको छ ।
जिल्लामा ब्लड बैंक अति आवश्यक भएकोले आथामी आर्थिक बर्षमा संचालनको लागि नगरपालिकाबाट छुट्टै बजेटको व्यवस्था गर्न लागिएको छायाँनाथ राराँनगरपालिकाका नवनिर्वाचित मेयर हरीजङ्ग शाहीले लोकान्तरलाई बताए ।
‘जिल्लामा ब्लड बैंकको स्थापना गर्नु र रक्तदाताको संख्या बढाउनु अतिआवश्यक भएको छ । यो विषयमा तत्काल पहल गर्नेछु । मेरो पहिलो प्राथमिकता र सुरुवाती काम हुने छ’ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष केशरजङ्घ शहीले भने ।

जिल्लाला रगत संकलन केन्द्र स्थापनाहुदा रक्तदाताहरूको संख्या बढ्ने सरोकारवालाहरू बताउछन् । ‘रक्तदान जीवन दान हो, रगतदिने मन त थियो तर रगत संकलन केन्द्रको व्यवस्था छैन’ गुडनेवरस इन्टरनेशलमा कार्यरत लक्षमण केसीको गुनासो छ ।
कहीलेकाही स्वास्थ्य संस्थामा सामान्य सिटामलको अभावभनेर दुर्गमका समाचारहरू प्रसारण हुनेगर्छन भने रक्तदानभन्नेत हाम्रोलागीअझै ठूलो समस्याहो सर्वसाधारण नागरीकहरूको आवाज छ ।







