अचम्मको होटेल, श्रीमान-श्रीमतीको यसरी हुन्छ डिभोर्स

विश्वमा विभिन्न खालका होटलहरु बनेका छन् । कोही सबैभन्दा अग्लो स्थानमा, कोही पानीमुनी । कुनै होटलमा रोवर्टहरुले आगन्तुकको स्वागत गर्छन भने, कही निर्वस्त्र युवतीले ग्राहकको सेवा सत्कार गर्छन् ।divorce hote यस्तै अनौठो किसिमको होटलको मध्ये विश्वमा यस्तो होटल पनि सञ्चालनमा आएको छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको विछोड हुन्छ ।

डिभोर्स होटलका नामले प्रख्या यो होटल नेदरल्याण्डमा रहेको छ । अत्यन्त्य सुन्दर उक्त होटलमा किन हुन्छ त श्रीमान् श्रीमती जाने वित्तिकै डिभोर्स ?

होटलमा डिभोर्सका लागि कयौं वकिलहरुको व्यवस्था गरिएको छ । यो यस्तो किसिमको होटल हो जहाँ विवाह भएकामात्र जान पाउचन् । उनीहरु होटल भित्र छिर्दा श्रीमान् श्रीमती हुन्छन् । तर, जब बाहिरिन्छन् उनीहरुको डिभोर्स भइसकेको हुन्छ ।

यो होटलमा वास्तवमा डिभोर्स गर्नकै लागि दम्पत्तिहरु जाने गर्छन् । डिभोर्स गर्न जानेहरुले अन्तिमपटक सँगै खाजा, खाना खान्छन् र वकिलले तयार गरेको डिभोर्स पेपरमा सही गर्छन् । छैन त अनौठो होटल ?





error: Content is protected !!