सडक विस्तार सँगै गाउँमा खुसियाली

जाजरकोट
आफ्नो गाउँसम्म मोटर बाटो निर्माण गर्दै डोजर आइपुगेपछि गाउँमा पनी गाडि गुड्ने भयो भन्दै स्थानीय बासिहरु खुसि भएका हुन् ।
पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नम्बर १ का सांसद शक्तिबहादुर बस्नेतले यो आर्थिक बर्षमा करौडौं बजेट सडक निर्माणमा जिल्ला पठाएका थिए ।
जिल्लामा सडक सञ्जालले नछोएका गाउँहरुमा सडक निर्माणको लागि बजेट पुगेपछि अहिले धमाधम सडक निर्माण कार्य भइरहेको छ । पुर्व गृहमन्त्री तथा सांसद बस्नेतले जिल्लाको विकासको लागि बजेट कमि हुन नदिने बताउनुभयो ।
जिल्लाको भेरी करिडोर, जाजरकोट जुम्ला, नलसिङ गार्ड जलविद्यूतको पहुच मार्ग निर्माण कार्य सँगै बारेकोट गाउँपालिका र त्रिवेणी नलगाड नगरपालिका सडक सञ्जालले जोडिएपछि स्थानीय बासीहरु खुसी भएका छन् ।

 

 

 




सम्बन्धित समाचार


error: Content is protected !!