देशको रक्षाका लागि जुनसुकै योगदान गर्न सेना तयार

 नुवाकोट । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना आफ्नो देशको परराष्ट्र नीति उच्च राख्न सफल भएको वताउनुभएको छ । उहांले देशमा गरिमा उच्च राखेर अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन नेपाली सेनाले सदैव आफ्नो क्रियाशीलता अपनाइरहेको पनि दावी गर्नुभयो ।
देशकै ठुलो सैैन्य तालिम केन्द्र त्रिशूलीमा सोमवार सिसं। ६६ सैन्य आधार तालिमको समापन तथा पुरस्कार वितरण गर्दै प्रधानसेनापति क्षेत्रीले सेनाले आफ्नो क्षेत्रवाट नेपालको सुरक्षा नीति, विदेश नीति, देशको स्वाभिमान, संस्कृति, परम्परा तथा विपदका समयमा नेपाली सेनाले सदैव अगाडि वढेर सेवा पुर्‍याइरहेको वताउनुभयो । सुरक्षाको सफल नेतृत्व गरेको नेपाली सेनाले विदेश नीति वलियो वनाउन मद्दत पुर्‍याएकोसमेत वताउनुभयो ।
देश रक्षार्थ नेपाली सेनाम सदैव अग्रभागमा रहेर कार्य गरिरहेको र आगामी दिनमा पनि देशको रक्षाका लागि जुनसुकै योगदान गर्न पनि तयार रहेको प्रधानसेनापति क्षेत्रीले बताउनुभयो । उहाले नेपाली सेनाको सफल र उचित छविका कारण राष्ट्रिय अन्तराष्ट्रिय नजरमा निकै राम्रो लोकप्रियता हासिल गरिरहेका कारण नेपालको अन्र्तराष्ट्रिय सम्वन्ध मजवुत र फलदायी वनाउन सेनाले सदैव आफ्नो कार्य गर्ने वताउनुभयो ।
क्षेत्रीले सिपाहीमा प्रवेश गरेका जवनाहरुलाई सदैव कुनै पनि मुल्य चुकाएर भएपनि देश रक्षार्थ अगाडि वढ्न शुभकामना व्यक्त गर्नुभयो । नेपाल राष्ट्र, राष्ट्रियताको संरक्षणमा सदैव लाग्न उहांले सैनिक जवानलाई निर्देशन दिनुभयो । प्रधानसेनापति क्षेत्रीले नेपालको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनताका लागि नेपाली सेना जस्तो सुकै मूल्य चुनाउन परेपनि पछि नहट्ने दावी गर्नुभएको छ । क्षेत्रीले संविधानले नेपाली सेनालाई दिएको अधिकारको प्रयोग गरी नेपालको राष्ट्रिय अखण्डतामा आँच पुग्न नदिनु नेपाली सेनाको धर्म भएको बताउनुभयो ।
उहाँले विश्व शान्ति स्थापना, वन जंगल तथा राष्ट्रिय निकुञ्जको सुरक्षा, विकास निर्माणसमेत खटिने नेपाली सेनाको छविलाई अझै उच्च राख्नको लागि नवसैन्य सेन्य जवानहरुलाई आग्रह गर्नुभयो । उहाँले मानव धर्म, सेनाको सुनौलो इतिहासलाई जीवन राख्न र राष्ट्रिय हितका लागि सेनाले विश्वसनीयताका साथ काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सेनापति खत्रीले तालिमप्राप्त सेनाले आयोजना गरेको दलेल कवाज निरीक्षण तथा सलामी ग्रहण गर्नुभएको थियो । कार्यक्रममा नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरु, समाजसेवी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
प्रधानसेनापति क्षेत्रीले सैन्य तालिम केन्द्र त्रिशूलीमा नौ महिनादेखि सन्चालित सिसं ६६ सैैन्य आधार तालिममा सहभागी एक सय एक महिलासमित तीनसय ८६ जना सेना सिपाहीमा पदोन्नती भएको घोषणा गर्नुभयो । तालिममा उत्कृष्ट मीना विष्ट र रामहरि थापालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।




सम्बन्धित समाचार


error: Content is protected !!