हारको कारण खोज्न समिति गठन

जाजरकोट । नेकपा (माओवादी केन्द्र) जाजरकोटले पराजित हुनुको कारण पत्ता लगाउन एक समिति गठन गरेको छ । सदरमुकाममा दुई दिन सम्म वसेको वैठकले मनवहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
उपलव्ध केन्द्रिय आयोजन समितिका सदस्या , पराजित उम्मेदवार , विजय भएका उम्मेदवार र पाटीका जिम्मेवारी नेताहरुको उपस्थितीमा व्यापक छलफल गरि पाटीले सोचेको भन्दा फरक परिणाम आउनको कारण खोतल्न समिति गठन गरिएको वताएको छ । दुई दिन सम्म चलेको वैठकले पाट भित्र अन्तरघाट भएको , पैसा खाएर विपक्षीलाई सघाएको भन्दै भन्दै नामै किटेर केही नेताहरुलाई चर्को आलोचना भएको एक सदस्याले वताएका छन् । जिल्ला सदरमुकाममा सवै भन्दा वढी घात भएको भन्दै छलफलमा गदैँ जाँदा नामै किटेर धोका दिएको भनेपछि झण्डै हात हालाहाल सम्मको अवस्था सिर्जना भएको एक सदस्याले वताएका छन् ।
जिल्लाका वारेकोट गाउँपालिका, भेरी नगरपालिका, कुशेगाउपालिकामा पाटी भित्रको अन्तरघाट र पैसा खाएर विपक्षीलाई जिताएको भनी चुनावका वेला वाघी उम्मेदवारी दिएका र उम्मेदवारी दिनवाट रोकिएका रुष्ट नेताहरु प्रति पराजित भएका उम्मेदवारले चर्को आलोचना गरेका थिए । पाटीका केन्द्रिय स्तरका नेताहरु रहेका ठाउँमा नै हार भएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने माग वैठकमा उठेको स्रोतले वताएको छ । वैठकमा व्यापक आलोचना र हातहालाहाल सम्मको अवस्था पुगेपछि छानमिन समिति गठन गरिएको माओवादी स्रोतले वताएको छ ।
माओवादीको संगठन वलियो हुँदै हुँदै अन्तरघात गरि आफ्नै पाटीका उम्मेदवारलाई हराएको भन्दै अहिले माओवादी भित्र गुट,उपगुट देखा परेको छ । धोका दिएको भनी आरोप लागेका नेताहरुले कारवाही गरेमा पाटी नै छोडिदिने सम्मको धम्की दिएको स्रोतको दावी छ । पाटी फुटाउदा खेरि पाटी वचाएर राखेका ईमान्दार कार्यकता माथी अन्याय पुर्ण तरिकाले कारवाही भएमा पाटी छोडिने एक रुष्ट नेताले वताएका छन् । कारवाहीको रुचीमा दर्जन वढी नेताहरु रहेको वताएको छ । माओवादी जाजरकोटले कुशेगाउपालिका,वारेकोट गाउँपालिका र भेरी नगरपालिका मा अन्तरघात भएको दावी गरेको छ ।
हेमन्त के सी




सम्बन्धित समाचार


error: Content is protected !!