प्रवल जनसेवा श्रीले पहाडी सम्मानित

काठमाण्डौँ । जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमूख तथा नेपाली सेनाका कर्णेल विश्ववन्धु पहाडी प्रवल जनसेवा श्री ले सम्मानित भएका छन् ।
सरकारले पहाडीको कामकाे उच्च मुल्याकन गदैँ सम्मान गरेको हो । यो भन्दा अघि नेपाल पत्रकार महासंघ जाजरकोट , नेपाल पत्रकार महासंघ रुकुम , जिल्ला परिषद्को अवसर पारेर जिल्ला विकास समिति जाजरकोट , सडक निर्माणमा गति दिएको भन्दै डोल्पाको त्रिपुरासुन्दरी नपाले सम्मान र जिल्ला विकास समिति रुकुमले समेत यो भन्दा अगाडी पहाडीलाई कामको मुल्याकंन गरि सम्मान गरिसकेका छन् । पहाडीले नेतृत्व गरेको सेनाको टिमले जाजरकोट , रुकुम, डोल्पामा सडक निर्माण लाई तिव्रता दिएको छ भने जाजरकोट र रुकुम खण्ड निर्माण कार्य सम्पन्न समेत गरेको छ । यहाँका जनजनमा कामको गतिका कारण पहाडीलाइ यहाँका जनताले सम्मान गर्ने गर्दछन् । द्धन्द्धकालमा पनि सडक निर्माणलाई गति दिने क्षमतता भएका पहाडीले , छिन्च जाजरकोट सडक , सल्ली देवस्थल कैनकाँडा चौरजहारी नमुना सहर जोड्ने सडक समेत निर्माण कार्य पुरा गरिसकेका छन् ।

सडक निर्माणका लागि वस्तुवादी योजना वनाउने पहाडी विकास प्रेमी भनेर चिन्छिन् । जाजरकोट,डोल्पा र रुकुमका सवै जनताले
सधै उनलाई
सम्झिने गर्दछन् ।







