भाडाको घरमा स्थानीय सरकार

जाजरकोट । यहाँका सवै स्थानीय सरकारका प्रमूखहरु भाडाको कार्यालयमा वस्न वाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याईएको त्रिवेणी नलगाड नपा का मेयर टेकवहादुर रावलले वताउनुभयो ।
जिल्लाका ७ वटा स्थानीय तहमा भवण नहुँुदा जनप्रतिनिधीहरु भाडाको घरमा वस्न थालेका छन् ,कत्तै जनप्रतिनिधी वस्न र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्य भएको छ । मेयर ,उपमेयर ,अध्यक्ष र उपाध्यक्ष समेतलाई कार्यालय सञ्चालनमा समस्य भएपछि अन्य वडा अध्यक्ष हरु थप समस्यमा पारेका छन् । जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकामा समेत भवण नहुँदा भाडाको घरमा मेयर र उपमेयरको कार्यालय स्थापना गरिएको छ ।
त्रिवेणी नलगाड नपामा केन्द्र कहाँ हुने भन्ने विवाद कार्यम छ । लहँ,डाडागाउँ ले दल्लीमा केन्द्र वनाउनुपर्ने दावी गदै आएका छन् भने खगेनकोट,रग्दा र भगवतीले मन्मैमा केन्द्र वनाउनुपर्ने माग गदै आएका छन् । नेपाल राजपत्रमा मन्मैलाई केन्द्र तोकी पठाएको भएपनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र वनाउने निर्णय गरेपछि विवाद भएको हो । उच्च अदालत सुर्खेतले मन्मै केन्द्र नमान्नका कारण देखाउ आदेश जारी गरेको छ ।
हेमन्त के सी रासस







