९ वर्षीय वालक जाजरकोटको खारामा फेला

 

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा ५ खारामा एक वालक फेला परेका छन् । सुर्खेत गैले घर र कोप्ची माउली घर वताउने वर्ष अन्दाजी ९ वर्षका केशव ठाकुर जाजरकोटको खारामा भेटिएको स्थानीय कर्णवहादुर खत्रीले वताउनुभयो ।

वावुको नाम गोपाल ठाकुर वताउने ती वालककी आमाले विहे गरेको र वावा विदेश रहेको समेत वताए । अहिले वालक ठाकुर त्रिवेणी नलगाड वडा नं ५ स्थित कर्णवहादुर खत्रीको संरक्षणमा रहेको र वालक सोमवार दिउसो जंगलमा फेला परेको वताएको छ ।





error: Content is protected !!